
आसोज ५ गते ।
नेपाल–चिन नाका केरुङमा खाली कन्टेनर नहुदा दशैँ तिहारको सामान गोदामै थन्किएको छ । चीनसँगको प्रमुख व्यापारिक नाका र रसुवागढी पुग्ने सडक अवरुद्ध हुँदा केरुङमा सामान लोड गर्ने खाली कन्टेनरको अभाव भएको हो ।
यतिबेला नाकामा सामान लोड गर्ने खाली कन्टेनर नभएकाले सामान गोदाममै थन्किएको व्यापारीहरुले बताएका छन् । कालिका गाउँपालिका–१ नाकुरदुङमा भदौ २५ गते साँझ सडक भासिँदा पासाङल्हमु मार्ग अवरुद्ध भएको थियो ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
