पूर्णपुष्टि, असोज १९ गते ।
उदयपुर–आज कोजाग्रत पूर्णिमा, आजबाट दशैंको औपचारीक अन्त्य भएको छ । आजको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरु र उमारेका जमराहरुलाई विधीपूर्वक कुनै नदी या जलाशयमा सेलाइन्छ ।
सेना, प्रहरीले बाजागाजासहित नै जमरा सेलाएर विधिवत दशैंको अन्त्य गरेका छन् । त्यस्तै सर्बसाधारणहरुले आज विहानै आप्mना गाउँ शहर नजिकैको खोला नदीमा जमरा सेलाएका छन् ।
यसबर्षको दशैं उदयपुरमा शान्ति र शौहाद्रपूर्णढंगले सम्पन्न भएको छ । काँही कतै अप्रिय घटना, झैझगडा नभएको प्रहरी÷प्रशासनले जनाएको छ । विगतमा जस्तो सडक दुर्घटना पनि यो बर्षको दशैंमा खबर नबन्नु, अशुभ खबर प्रकाशन गर्ने अवस्था नआउनु सुखद कुरा हो ।
देश प्रदेशबाट आएका आफन्तजनहरुसंगको सुखद भेटघाट, बर्षदिनको कामको थकानको आराम, राम्रो लाउने, मिठो खाने पर्व दशैं सुखदरुपमा सकिएको छ । कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको शुरुवाती संकेतका रुपमा पनि लिइन्छ । दशैं लगत्तै अर्को ठूलो पर्व तिहारको आगमन नजिकिदैछ । चेली र माइतीको सुमधुर सम्पन्धको पवित्र पर्व तिहार पनि यसैढंगले सुखद रहोस् ।