
पूर्णपुष्टि, असार १५
दाङमा आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणमा थप ५८ जना संक्रमण पष्टि भएको हो । योसँगै दाङमा संक्रमितको संख्या ५ सय ६८ पुगेको छ ।
गढवाका २२ जना, बबईका १० जना, तुलसीपुरका ८ जना, घोराहीका ७ जना, राप्तीका ५ जना, शान्तिनगर र दङ्गीशरणका २/२ जना गरी ४ जना र नेपाली सेनामा कार्यरत २ जना रहेको जनाईएको छ । २२ जना महिला र ३६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाईएको छ ।
