Sunday, June 28News That Matters

दाजुभाईको झगडामा भाईको मृत्यु

ईलाम, पुस २५ गते ।

ईलामको सुर्योदयमा दाजुभाईको विच झगडा हुदा कुटपिटबाट भाईको मृत्य भएको छ । सुर्योदय नगरपालिका–१२ आठघरेमा मादक पदार्थ सेवन गरी झै झगडा हुदा दाईको कुटपिटबाट हर्कबहादुर रसाईको मृत्यु भएको हो ।

गत पुस २० गते राती मादक पदार्थ सेवन गरी स्थानीय ४८ वर्षीय रामबहादुर रसाईली र ४६ वर्षीय हर्कबहादुर रसाईली विच झगडा हुदा रामबहादुरको कुटपिटबाट हर्कबहादुरको मृत्यु भएको प्रहरले जनाएको छ ।

कुटपिटबाट भाईको मृत्यु भएपछि रामबहादुर फरार भएको प्रहरीले जनाएको छ । फरार भएकाले खोजीकार्य  भईरहेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।