Thursday, April 24News That Matters

दायित्वबाट कोही विचलित नहुन प्रमुख परियारको आग्रह (भिडियोसहित)

पूर्णपुष्टि, कात्तिक ९ गते ।

गाईघाट–जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले केन्द्रिय, प्रान्तिय र स्थानीय गरी तीनवटा तहको सरकार निर्माण गर्ने उद्देश्य अनुरुप स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र अब प्रदेश तथा प्रतिनिधि सभाको निर्बाचन हुन लागेको भन्दै यसलाई पनि भयरहित शान्तिपूर्वक सम्पन्न गराउन सबै लागी पर्नुपर्ने बताएका छन् ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना तथा उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख परियारले सो कुरा बताएका हुन् ।

लोकतन्त्रको सुन्दर पक्ष विधिको शासन भएको र विधिको शासनले नै मुलुकको उन्नती प्रगति हुने भन्दै उनले सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने महान अभियानलाई पूर्णता दिन प्रदेश र प्रतिनिधि सभाको निर्वाचन अपरिहार्य रहेको बताए ।

जिल्ला समन्वय समितिसंगै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकोमा खुसी व्यक्त गर्दै आप्mनो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । साथै निर्वाचनका लागि दायित्वबाट विचलिन नहुने, तथा कोही पनि विचलित हुन नहुने भन्दै आ आप्mनो ठाउँबाट सहयोग गरेर महत्वपूर्ण योगदान दिनुपर्ने उनले बताए ।