Sunday, June 28News That Matters

दार्चुलाका पहिलो संक्रमित उपचारपछि निको भए

पूर्णपुष्टि, जेठ २७ गते । 

दार्चुलाका पहिलो कोरोना संक्रमित उपचारपछि निको भएका छन् । महाकाली नगरपालिका–६ का २१ वर्षीय पुरुष उचारपछि निको भएर घर फर्किएका हो ।

उनलाई गत जेठ १५ गते कोरोना पुष्टि भएको थियो । भारतबाट फर्किएका उनको महाकाली नगरपालिकाको महेन्द्र नमुना मावि खलङ्गाको क्वरेण्टीनमा बसेको बेला कोरोना भएको थियो ।

कोरोना लक्षण देखिएपछि उनलाई जिल्ला अस्पताल दार्चुलाको आइसोलेशनमा भर्ना गरिएको थियो ।

उनको गत जेठ १७ र जेठ २३ गते गरिएको दोस्रो र तेस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मङ्गलबार अस्पतालबाट डिस्चार्ज गरिएको छ ।