
बुद्धि चामलिङ राई
गाइघाट, असार ९ गते ।
दिखुवाछा चामलिङ राइहरुको शनिबार गाइघाटमा सम्पन्न पहिलो भेलाले बिष्णु कुमार दिखुवाछा चामलिङ राइको अध्यछ्तामा ११ सदस्यिय समिती चयन गरेको छ ।
त्रियुगा नगरपालिका – १२ पुरानो गाइघाट स्थित आदिबासी जनजाती महासङघको सभाहल मा ७० बर्षका जेष्ठ दिख्वाछा नेपाल प्रहरीका पुर्ब हवल्दार त्रिनपा – ११ गाइघाट साकेलाटोल निबासी बलबहादुर दिखुवाछा चामलिङ राइको सभापतित्व मा सम्पन्न भेलाले बिष्णु कुमार दिखुवाछा चामलिङ राइको अध्यछ्तामा सर्बसम्मत नया समिती चुनेको हो ।
समितिको उपाध्यछ लिल बहादुर दिखुवाछा चामलिङ राइ, सचिब मन कुमार दिखुवाछा राइ, सह–सचिब शर्मिला दिखुवाछा चामलिङ राइ र कोषाध्यक्षमा शुशिला दिखुवाछा चामलिङ राइ चुनियका हुन ।
नबगठित समितिका अध्यक्ष बिष्णु त्रियुगा नगरपालिका – १५ खाबु छामलिङका हुन । उपाध्यक्ष लिलबहादुर त्रिनपा – ११ गाइघाट, सचिब मनकुमार त्रिनपा – १४ साउने, सह–सचिब शर्मिला खोटाङ छोरम्बु हाल त्रिनपा – १० बोक्से र कोषाध्यछ शुशिला त्रिनपा – १३ पुरानो गाइघाटबासी हुन । सदस्यहरुमा अमृत दिखुवाछा चामलिङ राइ (खोटाङ , छोरम्बु, हाल त्रिनपा – २ सोनापुर) सन्तोष दिखुवाछा चामलिङ राइ (त्रिनपा (१५ खाबु,छामलिङ, गणेश दिखुवाछा चामलिङ राइ (खोटाङ,छोरम्बु, हाल त्रिनपा – ९ राटमाटे), ममता दिखुवाछा चामलिङ राइ (खोटाङ, छोरम्बु हाल त्रिनपा (१० बोक्से), भगत दिखुवाछा चामलिङ राइ (त्रिनपा – ९ राटमाटे) र तारा बहादुर दिखुवाछा चामलिङ राइ रौतामाई गाउपालिका – ५ तिल्केटार) रहेका छ्न । उक्त भेलाले रौताई गाउँपालिका – ५ तिल्केटार का शिक्षक कर्ण बहादुर दिखुवाछा चामलिङ राइ को सम्योजकत्वमा तिन सदस्यिय सल्लाहाकार समिती समेत चुनेको छ । सल्लाहाकार समितिको सदस्यहरुमा कृष्ण दिखुवाछा चामलिङ राइ रौतामाई गाउपालिका – ५, तिल्केटार, हाल त्रिनपा – ३ मोतिगडा) र मित्रा दिखुवाछा चामलिङ राइ (खोटाङ, दिनुवा, हाल त्रिनपा (१० बोक्से) चुनियका हुन ।
समितीले आगामी दिन मा देशभर रहेका दिखुवाछा चामलिङ राइ हरुलाइ यकिकृत गरि उनिहरुको उत्पती, इतिहास, बङ्शावली, भाषा संरक्षण, सङ्ख्या, घरधुरी गणना गर्ने योजना रहेको नबगठित समितिका अध्यछ बिष्णु कुमार दिखुवाछा चामलिङ राइले बताए । समितिले दिखुवाछा चामलिङ राइ समुदायका ब्याक्तीहरुको शिक्षा, कला, स्वास्थ, सङ्गित मा लागेका दिखुवाछा चामलिङ राइहरुलाइ प्रोत्साहान गर्दै आपतबिपत मा सहयोग गर्ने सल्लाहाकार समितिका सदस्य कृष्ण दिखुवाछा चामलिङ राइले बताए ।
पहिलो भेलामा उदयपुर जिल्ला को रौतामाई गाउपालिका – ५ तिल्केटार, त्रियुगा नगरपालिका – १५ खाबु छामलिङ, त्रिनपा –(१४ साउने धाप्लाङ, चोउदन्दी गढी नगरपालिका ( बसाहा, त्रियुगा नगर पालिकाका बिभिन्न वडाहरु १ जोगिदह, ९ राटमाटे, १० बोक्से, ११ गाइघाट, १२ पुरानो गाइघाट, १३ असारी, भुस्ने, खोटाङ जिल्लाका सापातेल, छोरम्बु लगायतका ठाउहरुको प्रतिनिधित्व गरेका ४० भन्दा बढी दिखुवाछा चामलिङ राइहरुको उपस्तिथिति रहेको समितिले जनायको छ । दिखुवाछा चामलिङ राइहरु खोटाङ जिल्लाको दिखुवा खोला आसपासको गाउ बाट उत्पती भयको इतिहास रहेको छ । हाल दिखुवाछा चामलिङ राइहरुको बस्ती बाक्लो रुपमा रौतामाई गाउँपालिका – ५ तिल्केटार, डाडागाउ, बाछाला, त्रियुगा नगरपालिका – १५ खाबु, छामलिङ, त्रिनपा – १४ साउने धाप्लाङ, खोटाङ जिल्लाको को छोरम्बु, सापातेल, सिराहा जिल्लाको मिर्चैया धनगढी, मोरङ को इन्द्र्पुर गछिया, सप्तरिको राजबिराज, काठमान्डो लगायतका ठाउ हरु मा दिखुवाछा चामलिङ राइहरु छरियर रहेका छन ।
देशै भर रहेको दिखुवाछा चामलिङ राइहरुलाइ यकिकृत गर्दै भबिष्य मा भइपरि आइपर्ने आपतबिपत मा समितिले आर्थिक सहयोग गर्ने र त्यसका लागी बिभिन्न आर्थिक अभियान सुरु गरिने समितिका कोषाध्यक्ष शुशिला दिखुवाछा चामलिङ राइको भनाइ छ । यि बाहेक स्वदेश तथा बिदेश मा रहेका सबै दिखुवाछा चामलिङ राइहरुको गणना समेत गरिने समितिले जनायको छ । उक्त भेलाको पहिलो बैठक ले आर्थिक सङ्कलन, बैङ्क खाता सन्चालन, समिती बिस्तार गर्ने समन्धी समेत निर्णय गरेको छ ।