Friday, May 22News That Matters

‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’ प्रतियोगिता सुरु

पूर्णपुष्टि,वैशाख ९ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा खोटाङ कलाकार समाजद्धारा आयोजित ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’ प्रतियोगिता सुरु भएको छ । पालिकाले स्थानीय स्तरमा गायन तथा नृत्य क्षेत्रमा रुची भएका र लुकेका प्रतिभाहरुलाई खोजी एवम ती प्रतिभाहरुलाई प्रस्फटन तथा प्रोत्साहन गर्ने उद्देश्यले पालिकाको आर्थिक वर्ष २०७९-८० को वार्षिक बजेटमा समावेश गरी दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२को आयोजना गरिएको हो ।

यस प्रतियोगितामा दुवै विद्याका अडिसन आज शनिवार सम्पन्न भैसकेको छ । अडिसनबाट गायन तर्फकोबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका क्षेत्र भरीका ३९ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागिता मध्यबाट १५ जनाले फाइनल राण्डमा आफ्नो सीट सुरक्षित बनाएको छ । छनोटमा पर्नेहरु क्रमशः संग्राम राई, प्रदिप राई, देउराज राई, रमेश खड्का, रेशम भुजेल, भुपेन्द्र मगर, सुवाश मगर, योजन मगर, रामबाबु मगर, दिलिप राई, बबिना राई, दीव्यप्रताप, ज्ञान्दिप राई, ज्ञानदीप परियार र तुलश राई रहेका छन् ।

यता नृत्य तर्फका १३ जना सहभागीमध्ये छ जना फाईनल चरणमा छनोट भएका छन् । जस्मा मनिता राई, मेरिना मगर, अल्बिना तामाङ, कुशुम तामाङ, सपना तामाङ र निरज राई फाइनल चरणका लागि छनोटमा परेका हुन् ।

आइतबार नेपालकी लोकप्रीय गायिका मेलिना राईको विशेष प्रस्तुति एवम् राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिसँगै गायन तथा नृत्य प्रतियोगितको फाईनल राउण्ड सम्पन्न हुने जनाइएको छ । कार्यक्रममा खोटाङ कलाकार समाजको आयोजनामा नृत्य प्रतियोगिता समेत सञ्चालन भएको छ ।

दुबै विधाका प्रतियोगिताको प्रथम हुनेले रु,१ लाख नगद, ट्रफी र एउटा गीत रेकर्ड, द्वित्तीय पुरस्कार रु,६० हजार नगद र ट्रफी, तृतीय पुरस्कार रु, ३५ हजार नगद र ट्रफी पुरस्कार रहेको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो ।