Friday, February 7News That Matters

दिल्लीमा बेचिएकी महिलाको उद्दार

साउन १२ गते ।

दिल्लीमा बेचिएकी एक महिलाको उद्दार गरिएको छ । भारतको दिल्लीमा १३ हजार रुपैयाँमा बेचिएकी महिलाको उद्दार गरी नेपाल ल्याईएको हो ।

विनय त्रिवेणी गाउँपालिका – १ नवलपरासी निबासी २४ वर्षीया महिलालाई मानव बेचबिखन विरुद्ध कार्यरत संस्था थ्री एन्जल्स नेपालले दिल्लीको गुण गाउँबाट उद्दार गरी नेपाल ल्याएको छ ।

वैदेशिक रोजगारका लागि भारत हुँदै ओमन लैजाने क्रममा नेपाली १३ हजार रुपियाँमा दिल्लीको होटेलमा बेचेको महिलाको भनाई उद्धृत गर्दै थ्री एन्जल्स नेपालका प्रदेश पाँचका प्रमुख विपिन गौतमले जनकारी दिएको छ ।

ओमल लैजाने भन्दै भारत पु¥याएको महिलालाई दुई महिना अघि दिल्लीमा बेचकेको थियो । सानै उमेरमा विवाह गरेकी महलाको श्रीमान वितेको र दुइओटा छोरा राम्रोसँग हुर्काउनका लागि जेठ ९ गते विदेश लागेका महिलालाई भारत पु¥याएको थियो ।

पिडितको दिदीले बहिनी बेचबिखनमा परेकोले उद्दार गर्नका लागि थ्री एन्जल्स नेपाल शाखा कार्यालय भैरहवामा निवेदन दिएपछि संस्थाको उद्दार टोली आफन्त सहित दिल्लीको गुणगाउँस्थित पाँच नम्बर सेक्टरमा पुगेर पीडित महिलाको उद्दार गरी नेपाल ल्याएको सस्थाले जनाएको छ । अहिले पिडित महिला थ्री एन्जल्स नेपालको सुरक्षित आवास गृहमा राखिएको छ ।