
पुर्णपुष्टि उदयपुर, भदौ २
उदयपुरमा समिश्रण साहित्य संग्रह “दुई थोपा आँशु” शुक्रबार विमोचन भएको छ ।
दुईजनाको समग्र सिर्जनामा विभिन्न विधाको समिश्रण सिर्जनाहरुको संगालो समिश्रण संग्रह “दुई थोपा आँशु” पहिलो पटक प्रकाशन भएको हो ।
दुई थोपा आँशुमा गजल, मुक्तक, भावना, सायरी लगायतका विधाहरु समेटिएको छ । सर्जकहरु राजुकुमारी राई (पूजा) र अर्जुन श्रेष्ठको समग्र सिर्जनामा प्रकाशित पुस्तक “दुई थोपा आँशु” पत्रकार महासंघ शाखा उदयपुरको पूर्व अध्यक्ष महेश्वर चाम्लिङबाट विमोचन भएको सर्जक राजुकुमारी राई (पूजा)ले बताए ।
दुई थोपा आँशु संग्रहले प्रचलित विधाहरु समेटिएको छ भने नव युवाहरुलाई प्रोत्साहन दिने सिर्जनाहरु समेटिएकोे सर्जक अर्जुन श्रेष्ठले बताए ।
संग्रहमा जिवन भोगाई र राष्ट्रिय भावनालाई साहित्यमा सिर्जना गरि पाठक वर्ग सामु ल्याउने उद्देश्यले समिश्रण संग्रह प्रकाशन गरेको सर्जक राई (पूजा)ले बताए ।