
एस किराँती
चौदण्डिगढी, बैशाख ४ गते ।
चौदण्डिगढीको मावी आम्सालमा दुई दिने निःशल्ुक स्वास्थ्य शिविर सञ्चालन भएको छ । फ्याक्ट नेपालको आयोजना र चौनपा–३ को समन्वयमा बुधबार देखि निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।
दुई दिने शिविरमा आँखा, कान, घाँटी लगायतका निःशुल्क चेक जाँच र औषधी प्रदान गरिने आयोजकले जनाएको छ । नोवेल अस्पताल विराटनगरका २८ जना चिकित्सक टोलीले शिविरमा सेवा प्रदान गर्ने आयोजक फ्याक्ट नेपालको अध्यक्ष मौसम राईले बताईन् ।
शिविरबाट स्थानिय सर्वसाधरणले लाभ लिने आशा लिएको आयोजकले जनाएको छ । ग्रामिण भेगमा बसोबास गर्ने मानिसहरुको आर्थिक भौतिक विभिन्न समस्याले गर्दा रोग पालेर बस्नु पर्ने बाध्यतालाई निर्मुल पार्ने उद्देश्यका साथ शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रको फ्याक्ट नेपालको अध्याक्ष मौसम राईको सभापतित्वमा प्रमुख अतिथि पूर्व शहरी विकास मन्त्रि डा. नारायण खड्का र विशेष अतिथि चौनपा मेयर खगेन्द्र राई तथा अतिथि नेवेल हस्पिटलका प्रबन्धक नारायणप्रसाद दाहाल, वडा अध्यक्ष लगायका आतित्यमा कार्यक्रम भएको थियो ।