
पूर्णपुष्टि, असोज १७ गते ।
कटारी–सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डको कटारी नगरपालिका १४ भदौरे र वडा नं. ८ सिरिसेमा मंगलबार छुट्टाछुट्टै दुई दुर्घटनामा दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार ना ४ ख ३७९० नम्बरको बसबाट खसेर कटारीका २२ बर्षिय देबेन्द्र अधिकारी घाइते भएका हुन् ।
कटारीबाट जयरामघाटतर्फ जादै गरेको बसबाट खसेर घाइते भएका अधिकारीको कटारी अस्पतालमा उपचार भईरहेको डिएसपी अधिकारीले बताए । घाइते अधिकारी वसकै स्टाप रहेको जनाइएको छ ।
कटारी ट्राफिक इन्चार्ज डिबि दियालीका अनुसार कटारीबाट घुर्मीतर्फ जादैं गरेको ना ५ ख ९७९७ को बस र विपरित दिसाबाट आउदै गरेको ना १ ज ३९१९ नम्बरको टाटा सुमोबीच एकआपसमा ठक्कर खाँदा जीपमा सवार एक यात्रु घाइते भएका छन् । विराटनगरमहा नगरपालिका ४ का अन्दाजी ४० बर्षिया दुर्गा पोखरेल घाइते भएका हुन् । उनको पनि कटारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।