Thursday, April 24News That Matters

दुई विद्यालयका ३० योजना

उदयपुुर, चैत्र ६ गते ।

उदयपुरको दुई विद्यालयले गुणस्तरिय शिक्षाका लागि ३० वटा योजना तयार गरेको छ ।

रौतामाई गाउँपालिका–३ का जनता मावि र सिंहकाली आधारभुत विद्यालयले गुणस्तरिय शिक्षाका लागि ३० वटा योजना तयार गरेको हो ।

गुणस्तरिय विद्यालयका लागि नेपाल सरकारले लागु गरेको ९४ वटा सचाङ्क मध्ये ४४ वटा सुचाङ्कमा छलफल गरि ११ वटा सुचाङ्कलाई प्राथमिकिकरण गरि त्यसै अनुरुपको मापदण्ड अनुसार शौचाल, शैक्षिक सामाग्री, पुस्तकालय, घेराबेरा, भवन निर्माण लगायतका योजना बनाईएको विद्यालयले जनाएको छ ।
जाल्पा एकिकृत विकास समाज उदयपुरको सहजीकरण र वल्र्डभिजन ईन्टरनेसनल नेपालको सहयोगमा अन्तरक्रिया तथा योजना निर्माण कार्यक्रम मार्फत विद्यालयहरुले योजना तयार पारेको होे ।

गुणस्तरिय विद्यालय बनाउनलाई विद्यालय व्यावस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थीको पटक पटक बसेको छलफलबाट निस्किएको निचोडहरुलाई पून अन्तरक्रिया तथा छलफल गरि योजना निर्माण गरिएको जाल्पा एकिकृत विकास समाज उदयपुरको प्राविधिक परिचालक युवरा राईले बताए ।

जनता मावि रसुवा लाफागाउँले भौतिक निर्माणका विभिन्न १३ वटा योजना तयार पारेको छ । भने सिहकाली आधारभुत विद्यालय पाकानातुम्चिले भौतिक निर्माणका लागि विभिन्न शिर्षकमा १७ वटा योजना तयार पारेको राईले बताए ।

जिल्लाको पूर्वमा १५ विद्यालय र पश्चिममा ८ वटा विद्यालय गरि २३ वटा विद्यालयलाई उक्त कार्यक्रम संचाल गर्दै आएको राईले बताए । गुणस्तरिय विद्यालय बनाउन विभिन्न शिर्षकमा गैरसरकारी संस्थाहरुले सहयोग गर्दै आएको छ ।