Friday, February 7News That Matters

दुदै विश्वयुद्ध लड्ने नेपाली योद्धा

नेपालको मनिराज गुरुङले प्रथम विश्व युद्ध र दोस्रो विश्व युद्ध दुवै लडेका थिए ।

यतिबेला प्रथम विश्व युद्ध समाप्त भएको अवसरमा विभिन्न देशले भावुक कार्यक्रमहरु गरेका छन् । तर त्यतिबेला युद्धमैदानमा वीरगतिप्राप्त गरेका नेपालीका छोराछोरीको सम्झना नगरिएको भन्दै आफन्तजनले दुःख व्यक्त गरेका छन् ।

प्रथम विश्वयुद्ध साम्य भएको १ सय वर्ष पूरा भएको अवसरमा अस्ट्रेलिया, फ्रन्स,ब्रिटेन, लगायतका देशहरूले भावुक कार्यक्रमहरू भव्य रुपमा गरेका थिए ।

गुरुङ प्रथम र दोस्रो विश्व युद्ध ब्रिटेनको पक्षबाट लडेको थियो । विश्व युद्धमा हजारौँ नेपाली योद्धाहरुले युद्ध मैदानमा बलिदान दिएप्नि नेपालीहरुको योगदानको सम्झना स्वरुप कदर नगरिएको सामाजिक संञ्जालहरुमा आलोचना भईरहेका छन् ।

पहिलो विश्व युद्ध साम्य भएको एक सय वर्ष पुरा हुँदा भारतीय सेनाका पूर्व सुवेदार मेजर कृष्ण बहादुर गुरुङले गोर्खा फौजबाट दवै विश्व युद्ध लड्ने बुवा सुबेदार मेजर मनिराज गुरुङको सम्झना गरिहेको छ ।

सन् १९१०/१९११ तिर ब्रिटिश सेनामा भर्ती भएका बुवाले दुवै विश्व युद्ध लडेको भारतीय सेनाका पूर्व सुवेदार मेजर गुरुङ बताए ।

८६ वर्षीय गुरुङले बुवाले सुनाएको कुरा स्मरण गर्दै भन प्रथम विश्व युद्धमा सुएज कनाल क्षेत्रमा खटिएई त्यस युद्धमा थुप्रै गोर्खालीहरुले बलिदान दिएका थिए ।

उनले भने तीन जना काका वुवा मध्ये मेरो बुवा मात्रै अधिकृत भएर फर्किनु भयो । दुई जना युद्ध मैदानमै वित्नु भायो । प्रथम विश्व युद्ध समाप्तीको सम्झना भईरहेको बेला व्रिटेन सरकाले युद्धमा बलिदान दिएको गोर्खा फौजको परिवारलाई बेवास्ता गरेको भन्दै दुखेसो गरेको छ ।