Friday, February 14News That Matters

दुन क्षेत्रको औलोविजय जातिको मातृभाषा लोपहुदै

यमन कोदारहाङ डोने “औलोविजय”

जातीयपृष्ठभूमि

“पाखा शिकार पाषण रात,पानी शिकार माछा भात भने झैं बागलाई नजिकबाट नियाल्नु छ भने,ढाँडे बिरालोलाई हेरे हुन्छ । त्यसरी नै दनुवारलाई प्रागएैतिहासिकबाट खोज,अनुसन्धान,अध्ययन गर्नु छ भने,मातृभाषामा डोने स्वीकार गर्नै पर्छ ।”

दनुवारडोने जाति नेपालको आदिम मूलबासी हो । आदिबासी जनजाति पृष्ठभूमिमा आफूहरुलाई यो देशको भूमिपुत्र,जलपुत्र आदिकाल पुत्र भनि बिशेषता दिएको पाईन्छ । यो जाति तथा समुदायको खेलखोर अर्थात् उत्पति क्षेत्र भनेको नेपालको दुन,उपत्यका,खोंज,बेशी, र टार नै थिए । अनादीकालदेखि नै यो जाति दुन क्षेत्रकै खोलानदी,फाँट ,टार किनारा आसपासमा बसोबास गर्दै आएका जाति हुन् । यो नेपालको बर्तमान अबस्थामा मानब सुचाङ्कको रेखामाअल्पबिकसित आदिबासी जनजाति कित्ताकातमा परेको जाति हो ।

यो आदिबासी नेपालको चुरे पहाड उत्तरी खण्ड र महाभारत पर्वतको  पहाडी दुनबेशीतिर फैलिएका जाति हुन् ।  नदीखोला टापुमा र बेशी, टार, फाँट अनि साना–साना उपत्यकाभित्रको क्षेत्रहरुमा सघन बस्तीका रुपमा बसोबास गर्दै आएका पाईन्छन् । त्यसैगरी पश्चिम नारायणी नदीदेखि पूर्वी कोशी नदीको चौघेराभित्रको औलो प्रभाबति क्षेत्रहरुमा औलो महामारी र भाबरक्षेत्रका बाघ, भाल,ू चितुवा र बिषालु सर्प,,बिच्छिको बिगबिग क्षेत्रको सामना गरि आदिम बस्ती बसाएको मानब समुह हो । त्यसैले हिन्दुआधुनिक नेपाल र नयाँ पुनरसंंरचित धर्मनिरपेक्षित नेपालको एक मौलिक प्राचिन जाति डोने नै बर्तमानको दनुवार जाति भएको हो । दनुवार सुचिकरणको परिचयले डोने मातृभाषालाई सति लगेको छ ।

बुढाबुढी रोगी बिपन्नताको शिकारमा परेका आमाबुवालाई “तरुणतरुनी छोराछोरीले आमाबुवा होईन भन्दैमा त्यो सत्य हुदैन । त्यसैले आधुनिक नेपालको अपभ्रंश शब्दर परिस्कृत सांस्कृतिक रितभात संस्कृतिलाई दनुवारले अंगाल्दैमा डोने होईन भन्न कहाँ छुट मिल्छ र? कीन,कि मातृभाषामा गर्ब गर्ने हो भने डोने अजर अमरत्वको भाषिक जातीयताको शब्द हो । त्यसैले मातृभाषा मारेका वा लोप भएका पूर्वी खण्डका सघन बस्तीहरुका अजय जातीय शब्द नै दनुवार जातिको लागि डोने हो । यसमा कुनै दुईमत छैन ।”

यो जातिको मानब समुह वा आदिबासी जनजाति समुदायले मातृभाषा बचाएको क्षेत्रहरुमा आफूहरु ‘डोने’ नै हो भन्ने पुष्टिहरु भाषिक आधारमा पाईन्छ । तर,यो जातिको मातृभाषा लोप भईसकेको क्षेत्रमा डोने हुदै होईनौ भन्दै आएका छन् । जहाँ भाषा छ ,त्यहाँ मौलिक संस्कृति पनि छ । यी आदिबासी जनजातिले भाषा मारे पनि , लोप भए पनि ,संस्कृति एउटै किसिमका भेटिने डोने(दनुवार) १ नम्बर प्रदेशको उदयपुरमा भेटिन्छ ।

उदयपुरको कटारी, तित्रिबोट,भगनपुर,सिम्ले जहडी र रिस्कू साथै त्रियुगा नगरपालिकास्थितको ७ नम्बरको कुर्थीबारी, धरमपुर,चुहाडे,गुन्टे,बरगाउँ । त्यसैगरी,८ नम्बरका राजाबास, सजेटोल र ९ नम्बर  बैरेनी,चौकीबारी,माथानेटोल,भूमरसुवा झिल्केटोल लगायत वडाका घनाबस्तीको जातीय संस्कार संस्कृतिको सिन्धुपाल्चोक इन्द्रवती भीमटार र काभे्रको पाँचखाल ,मन्डन देउपुर नगरपालिकाको घनाबस्तीमा डोने मातृभाषाको जातिसित हुबहू संस्कार संस्कृतिभित्र(जन्म,मृत्यु,बिहे,छेवरको र खानपान पोशाक) मौलिक सांस्कृतिक मिलेको पाईन्छ । “जहाँ मातृभाषा बोलिन्छ । ताँहामातृभाषामा‘डोने’ हांै भन्छन् । जहाँ मातृभाषा (छैन)बोलिदैन, डोने होईनौं‘दनुवार’ मात्र हांै भन्छ । फरक यति मात्र हो ।”

नेपालमा ‘दनुवार’ भन्नेहरु पनि अन्तरजातीय समुदाय छन् । जसलाई ‘थारु कछारिया दल्वार’ र ‘मैथिली मधेसी जनैधारी रज्वार’ हुदै दनुवार बनेका जाति समुदाय नेपालका फरक जाति हुन् । “दल्वार र रज्वार” स्वीकारेका जाति समुदायसित ‘डोने’जातिका अन्तरजातिय सांस्कृतिक पहिचान र अस्तित्व पूर्णरुपेणमौलिक बिभेद रहेको पाईन्छ  । डोने जातिको सजातिय जात भनेको “देबास राई र राईदनुवार”मकवानपुर नुवाकोट र धादिङ चितवनका मातृभाषा र संस्कृति हुबहु भेटिन्छ । र, यो “देबास राई र राईदनुवार”पनि काभ्रे जिल्लाको पाँचखाल उपत्यका र इन्द्रावती खोलाको भीमटार क्षेत्रबाट राज्य बिस्तार लडाईमा भागेर डोनेहुलबाटछुट्टिएर गएको भाषीक सांस्कृतिक अध्ययनको पुष्टिले जनाएको छ । यो दनुवारडोने जातिले ‘राई’ थर मात्र लेखि वा  भनि आफूहरु (समुदाय)लाई परिचित गरेका समेत भेटिन्छन् ।

यो प्राचिन मानब समुदाय कालान्तरपछि कबिला राज्य हुदै बिभिन्न कालखण्डको राज्य उदय र पतनको जाँतोमा पिसिर्दैआएका थिए ।यो जाति मध्यकालिन टँुकडे  राज्य तथा आधुनिक गोर्खा राज्य सिमा बिस्तारबाट नेपाः उपत्यकादेखि दुन,खोज बेशी,टार र पहाडी क्षेत्रमा फैलिएका हुन् भन्ने बर्तमान जातीय आँकडा(तथ्यांक)ले मान्न सकिन्छ । नेपालको प्राचिन डोने जातिहरु समय सांपेक्षता र राज्य ब्यबस्थाको मारमा पर्दै डोने, डोनेवार हुदै दनुवार जातिको पगरी लगाएका हुन् । नेपालको मध्य पहाडी क्षेत्रको खोंच बेशी,टार र खोलानदी किनाराको बर्तमानको “दनुवारराई÷राईदनुवार” जातिले मातृभाषामा आफूहरु ‘डोने जाति’ नै भएको स्वीकार गरेका पाईन्छन् । यो आदिबासीले बोल्ने मातृभाषालाई ‘डोने भाषा’ भनिन्छ ।

बर्तमान पुस्ताको ईतिहास मान्ने हो भने  कार्यबिनायक नगरपालिका ललितपुर,पाँचखाल नगरपालिका,काभ्रेपलाञ्चोक र भीमटार,इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोक जिल्लामा “डोने मातृभाष” जिवित रहेको पाईन्छ । तर यी क्षेत्रमा पनि डोने जातिको  एकथर‘दनुवार’शब्द जात सुचिकरणमा गाँभिएको छ । अर्को डोनेको थर राई पनि जातको सुचिकरणमा छ । डोनेको दुई थर राई र दनुवार जोडेर बनाइको नयाँ थर ‘राईदनुवार’ हो । आफूहरुलाईमातृभाषामाराईडोने हौ पनि भन्ने गर्दछन् । तर राई मात्र भन्ने डोनेहरु मकवानपुर,धादिङ, नुवाकोट र चितवनमा बसोबास रहेका पाईन्छन् । उनीहरु राई जातिका समुदाय किराती नश्ल नभई डोने नश्ल हो । यही बिशेष भिन्नता भएको  आदिबासी जनजाति नै  आदिम दनुवार(डोने)जाति हो ।

यो जाति नेपालको आदिबासी जनजाति सुचिमा सुचिकृत भएका आदिम जाति मध्ये एक जाति हो । यो जातिसंग पौराणीक कालखण्डको इतिहास जोडिएको ब्याख्या कथ्यमा सुन्न भेटिन्छ । फस्वरुप यी जाति तथा समुदाय अलौकिक परम्परा युक्त बिशेषताको धनी आदिबासी जाति भनेर बुझ्दा फरक पर्दैन । डोने जातिको तान्त्रिक मन्त्र पारङगत म्हीझाँराहाङ(धाँमीझाँक्री)ब्यक्तिलाई दिईएको हेपाहापद रुपी शब्द दनुवार हो । यो जातिमा मानब बाहेक अन्य रुप धारण गर्ने क्षमता भएका तान्त्रिक मन्त्रको गुण भएको ब्यक्तिहरु पनि थिए ।

तर,एक्काईसौ सताब्दीमा पनि यो जाति अतिअल्पबिकसित आदिबासी जनजाति हुन् । आर्य खस अतिबिकसित र बिकसित आदिबासी जनजातिको ब्यक्ति र समाजबाट साथै पारिवारीक तथा सामाजिक रुपमा नीच कार्य गरेका तथा शिक्षित,फोहोरी बेकामे मानिसलाई गालि गर्दा प्रयोगमा “अनुहार न दनुवार” भनि हीनताबोध जन्य प्रकट गरिन्छ । र, यो हेपिदा र स्वमत नभएका ब्यक्ति बिशेषलाई हेपिएको ,लादिएको शब्द पगरी नै “दनुवार” बनाईदै आएका छन् । यस सन्र्दभमा अर्थ नबोके पनि हीनताजन्य रुपमा नेपाली समाजमा गालबेईज्जमा लागू हुने गरिएको शब्द हो । जुन अमानबीय छ । ती प्रकृतिका शब्द छनौटले एउटा गरिमामय प्रागएैतिहासिक आदिबासी जनजातिको कोशेढुंगा साबित इतिहास बोकेका हाल जातिय गर्बित शब्दलाई रौद्र भाबाभेष र हीनताजन्य अर्थमा परिभाषित गरिने शब्द बनाईनु महान् बिद्धता बर्ग समुदाय र समाज ब्यक्तिलाई “बिनासकाल बिपरीत्त बुद्धि” कालिदासको पूर्व रुपको जनाबरशैलीको चेतनाले मात्र बोले,लेखे र चलचित्रमा संबाद बनाएका अर्धपागल भन्दा उनीहरुलाई के फरक होला त ?।

बर्तमान समाज र भाबी पुस्ताले अमानबीय हिज्जेका रुपमा कुनै बोली,लेख,आलेख र साहित्य रचनामा उतारिदा जातीय अपमानबोध हुने हुँदासम्मानित नेपाली समाजमा गर्बबोध इतिहास कोरिन प्रायसरत थालनी हुने उषाकिरणको समरबेग उदयको खाँचो रहेको छ । यो जातिसंग आफ्नै मातृभाषा,लोकसंस्कति,लोकपरम्परा,धर्म,लोक गाथा र पुर्खाहरुका तान्त्रिक शक्तिबाट हाङ(बाघ) बन्ने तान्त्रिक शक्तिशाली मानब जाति हो । यस जाति आफ्नै मौलिक इतिहासको बिरासत बोकेको  चीर परिचित आदिबासी जनजाति समुदाय हो । यसर्थमा कुनै दुईमत छैन ।

प्राकृकि धार्मिक सन्दर्भ 

हालको दनुवार(डोने) जाति चार औं सताब्दीताका उत्पन्न मचिन्द्रनाथ (रातो÷सेतो) भगवान्लाई आफ्नो कुल देवता स्वीकार गर्दै आएका छन् । मच्छिन्द्रनाथ सहकाल र बर्षाको देवता पनि भनेर चिनिन्छ । यस जातिका मानिसहरुले मच्छिन्द्रनाथको माईती खाल भएको स्वीकार गर्दै आएको भेटिन्छ । नेपालमा यो जाति पनि सोही काल खण्डदेखि बसोबास गर्दै आएको भनाई रहेको पाईन्छ ।

त्यसैगरी कुमारी र क्षेत्रपालको पनि माइती खाल रहेको जनविश्वास राख्दै आएको पाईन्छ । आफूहरु  बाघभैरबको असली सन्तान भएको कथन पौराणीककालमा स्वीकार गरेको पाईन्छ । मातृभाषामा दनुवार जातिलाई डोने भनिन्छ ।पढेलेखेका शिक्षित तथा समाजिक अभियान्ताको बाटो तय गरेका दनुवारडोने समुदायले आफूहरु डोेने भएको स्वीकार गर्दै आएका पनि छन् ।

यस जाति तथा समुदायलाई नेपालको इतिहासबिदहरुको अध्ययनले उपत्यकादुन,बेशी,टार तथा खोला नदी किनारबाट बिकसित भएको पुष्टि गर्न खोजिएको छ । त्यसैगरी नेपालको चुरे पहाडको उत्तरी क्षेत्र र महाभारत पहाड श्रृङखलाको दक्षिणी क्षेत्र बहेका हिमनदी तथा खोला किनाराको दुन,भावर अर्थात्

बेशी ,टार र फाँटिला सिंचित उर्वर जमीन नजिक कृषि र माछा मार्ने पेशाको निपूर्ण कलाको आदिबासी भनेर चिनिएको छ । यही जातीय  परिचय बनाउदै आएका जाति तथा समुदाय नै दनुवारडोने जाति हुन् ।

नेपालको सन्दर्भमा एैतिहासिक मानब जातिको ब्याख्या र तर्कको कुरा सबै जात जातिले  वा खोजकर्ता बिद्धानले आ–आफ्नै अध्ययन र यर्थाथको धरातलको तथ्यमा आधारित पाईन्छन् । त्यसैले मानब सभ्याताको बिकास चरण पनि खोल,नदी र समुन्द्रको किनारबाट आधुनिक मानब बिकासक्रम भएको बैज्ञानिक तर्कहरु प्रशस्त मात्रामा रहेको पाईन्छ । यो तर्क सत्य र आजसम्म पनि यर्थाथ पुष्टि भएको मानिदै आएका छन् ।

तर,बैदिक कालखण्डको मानब जातिसंगको उत्पतिको कुरा गर्दा कुनै देब,देबी र अलौकिक शक्ति केन्द्रसंग जोडिएको भनाईहरु पाईन्छन् । बिभिन्न जातजाति आदिबासी समुदायको मानब जातिको पुर्खालाई प्राकृतिक बैदिक सामीप्यतारहेको देखाईन्छ । यसरी नै  कैयन विश्व मानब जात तथा थर भएको मानब समुदायको बर्गलाई आर्य,मंगोल,द्रविड ,निग्रो र गोरा आदि भनेर मानब बर्गिकरण गरिएका छन् । त्यसरी नै नेपालको भूमीमा पनि नेपाली इतिहासकारले  आर्य खस र मंगोल ब्राण्डको जाति स्वीकार गरेका पाईन्छन्  । नेपालको सन्दर्भमा आदिबासी जनजातिहरु प्राय म्ांगोल ब्राण्ड अबस्थित रहेको पुष्टि हुन्छ । यसै तर्कलाई मान्य हो भने दनुवारडोने जाति मंगोलिन समुदायको बर्गमा रहेका छन्  ।  यो जाति पनि मंगोलियन नै हो । यसमा बिबादित कुनै तर्क छैन ।

 

सुचिकृत शब्दमा ‘डोने लोप, दनुवार उदय’ 

आदिबासी जनजाति सुचिमा सुचिकृत भएको हालको दनुवार जाति डोने–डोनेवार हुदै दनुवार जाति भएको छ । यो हेपिएको जाँतोमा राजा महाराजाको मौखिक शासनकालमा हुकुमी हीनता बोधजन्य शब्द  दनुवार हो । यो नै शब्द हालको जातिय  नामाकरण गरिएका छ । प्राचिन जाति तथा मातृभाषामा डोने भन्ने समुदा नै बर्तमानमा एक दनुवार  जातिले चिनिन गएको छ । हाल दनुवार शब्दले नेपालमा आदिबासी जनजाति मध्येको  एक “जाति”को बिशेष परिचय दिलाएको छ । यो जातिलाई नेपालको तान्त्रिक शक्तिको पुजारी जाति भनेर पनि चिनिन सकिन्छ ।

यो जाति सोझा सिधा मंगोल कद भएको जाति हो । यस जातिको पुरुषको बिशेषता भनेको होचो,पुड्को,गहुगोरो,नाक थप्चो,आँखा हल्का सिम्सो,पातला आँखी भौँ,छोटो परेली,पुक्क परेको गाला, हात खुटटाका औला छोटा, काला आँखा,सूईरे कपाल कालो केश,चौडा छाती,ओठ सामान्य बाक्ला,जिब्रो प्राय छोटा,दाह्रीजुगाँ पातला आदिका शारिरीक बनाबटका अति बलिया बाङगा मानब पुष्ट जीउडाँल भएको पाईन्छ ।

त्यसैगरी यस जातिका महिलाहरु पनि केही भिन्नता पार्ईन्छ ।  महिलाका  प्राय काया बनावटमिल्दोजुल्दो  भएता पनि फरक चाहि हुन्छ । उनीहरुका सबैसित नाक,कानआँखा,छालाको रंग,ओठ सबै उस्तै उस्तै हुन्छ ।  शारीरीक बनावट पुरुष भन्दा भिन्न फरक रहेका हुन्छन् । अन्य जातकी मंगोलियन बर्णको महिला जस्तै रुप गुणका सम्पन्नताले सजिएका हुन्छन् । स्वाभाबैले पुरुषको तुलनामा महिलाको शारिरिक बनौट यस जातिका महिलामा पनि फरक रहेको पाईन्छ ।

जीवनयापनमा मौलिकता 

दनुवारडोने जातिको जीवनयापन खोलानदी किनार तथा छेउछाउको टार,बेशी फाँटको सिंचाई योग्य उर्वरभूमिबाट भएको पाईन्छ ।  मुख्य रुपमा कृषि र पशुपालन पेशा अबलम्बन गर्दै आएको कृषक जाति हो । यस जाति आफुहरुलाई खनीखोस्री खेतीपाती लगाउदै आएको जाति भनेर परिचय दिने चलन रहेको छ । खोलानदी किनारको गाँउबस्ती बसाउने जातीय बिशेषता भएकोले पानी शिकार खुव गर्दै आएका हुन्छन् । यस जातिलाई प्राकृतिक पौडिवाज पनि भनेर चिनिन्छ ।

कर्म र लोक जीवनयापनको दिनाचार्यलाई धार्मिक आस्थानुसार हेर्ने हो भने जलपुत्र भन्न सकिन्छ दनुवारडोने जातिलाई ।  “पानी बिनाको जिन्दगी, खै के जिन्दगी” भन्दै आएको पाईन्छ यो जातिले । बास्तबमा यो जातिले जलचर माछालाई दैनिक तरकारीको रुपमा खाँदै आएका पाईन्छन् । यस समुदायको बुढापाका उखानमा “पानी शिकार माछा भात पाखा शिकार पाषण रात” भन्ने प्रचलन बडो तर्क संगत पुष्टि भएको मान्छ सकिन्छ ।“आदिबासी जनजातिमा अल्पबिकसित रुप गुण र स्वाभाब भएकोले बर्तमानको जीवनशैलिमा पनि यो  आदिबासीमा प्राचिनतम् मौलिकपना भेट्न सकिन्छ ।”

नेपालको राज्य संयन्त्रमा पछि परेका, पछाडि पारेका,अल्प संख्य,अतिसीमान्तकृत समुदयको सुचिमा सुचिकृत जाति हो । यो अल्प बिकसित जाति हो । दनुवारडोनेजाति धार्मिक,सांस्कृतिक,सामाजिक,शैक्षिक आर्थिक,राजजैतिक भौतिक,स्वास्थ्यीक,भाषिक र अल्प संख्यकमा रहेको आदिम चेतबाट आधुनिक बिकाशोन्मुख मानब समुदाय हो । यस जातिले बोल्ने गरेको मातृभाषा डोने पूर्ण लोपोन्मुख अबस्थामा रहेको छ ।

यी सबै मानबीय संम्भ्रान्त संरचनाको अबस्थाबाट दयनीय जीवनाचार्य गर्दै आएको जाति तथा आदिबासी जनजाति नै दनुवार(डोने) जाति हो भनेर चित्रित गर्दा फरक नपर्ला ।

 

उदयपुरको बसोबास क्षेत्र र मातृभाषा 

उदयपुर जिल्लाको कूल जनसंख्या(३,१७,५३२)मध्ये महिलाको(१,६७,८२०) र पुरुष(१,४९,७१२) रहेका छन् । त्यसैगरी ७५ जात जातिको बसोबास रहेको पाईन्छ भने ६४ वटा मातृभाषाभाषी बोल्ने तथ्यांकले जनाएको छ । यस जिल्लामा सबैभन्दा बढी क्षेत्री(६८,३७२) प्रतिशतमा २१.५३ प्रतिशत रहेका छन् भने सबैभन्द कम कोचे ११जना नगन्य प्रतिशतमा जिल्लामा बसोबास रहेका छन् । भाषीक आधारमा सबैभन्दा बढी नेपाली भाषी(७७,४२५) र सबैभन्दा कम संथाली,बज्जिका,लोहोरुङ,मिजो,नागामेशे र सधानीको १÷१ जना भाषीक जनसंख्या तथ्यांकमा जनाईएका छन् । (रा.ज.२०६८को केतबि)

त्यसैगरी जिल्लामा नौ प्रकारका धर्मालम्बीहरुका बसोबास रहेका छन् । सबैभन्दा बढी हिन्दु १ जना मात्र शिख महिला रहेकी छिन् । डोने जाति पनि प्रकृति पुजक धर्मालम्बी जाति हुन् । यो जाति जिल्लामा छैठौ स्थानमा रहेको छ । यस अन्तर्गत दनुवारडोने एक जाति हुन् ।

त्यसैगरी जिल्लामा जनसंख्याको आधारमा क्रमश स्थानमा  राई(५४,८१६),मगर(४३,९९७),थारु(२४,२४०)तामाङ(२१,७२४) ब्राम्ह्ण पहाडे(१९,०२१),कामी(१६,३६२),नेवार(१०,९३७) संख्यामा रहेको केतबि २०६८मा उल्लेख गरिएको छ ।

फलस्वरुप दनुवार(९,२७२) वा २.८३ प्रतिशत संख्यामा नौ आंै स्थानमा रहेको छ ।दनुवारडोने जाति अल्पसंख्यक,अतिसिमान्तकृत जाति मध्ये एक जाति हुन् ।

राज्यको हकमा यस आदिबासीको मृतभाषी  वा लोपोन्मुखको सुचिमा रहेको छ । जिल्लाको दुन बेशी फाँटमा औलो महामारी पचाएर बसेको जाति नै दनुवारडोने जाति हुन् । बर्तमान परिस्थितिमा यो जाति समुदायको सामाजिक,आर्थिक,धार्मिक सांसकृतिक, राजनैतिक, शैक्षिक,प्रशासनिक  र भाषिक कमजोर रहेको छ ।  मानब बिकास सुचांकनमा अति पिछाडीएको आदिम मूलबासी,भूमिपुत्र, जलपुत्र तथा तान्त्रिक पुत्र समेत भनेर यो जातिलाई चिनिदै आएको छ ।  पृथक कला संस्कृतिको छुट्टै पहिचान बोकेको यो जाति नेपालको उपत्यका,दुन,बेशी,खोँज,टार र नदीेकिनारा आसपासक्षेत्रमा सघन बस्ती बसेको पाईन्छ ।

परापूर्वकालदेखि यो मानब समुदायले पशुपालन,कृषी,माछा मारकको पेशा अंगाल्दै आएकको जाति हुन् ।  यही आधारमा नयाँ नेपाल पुनःसंरचनामा दनुवार(डोने) जातिलाई बिशेष संरक्षित क्षेत्र निर्माण गरि एकीकृत बस्तीको बिकासमा राज्यले ध्यान दिनु जरुर छ । यी जातिको हालको बसोबासको शैली पनि एकीकृत जस्तै छ । यस जातिको बस्तीहरुमा भौतिक पूर्वाधारसहितको एकीकृत दीर्घकालिन योजना तयार पारि बिकास र समृद्धिको मूल धारमा ल्याउन सकिन्छ ।

उदयपुर जिल्लाको हकमा संमुन्त,संमृद्ध र समता समाजको लागि दनुवार(डोने) जातिको गाउँटोललाई नमुना बस्तीहरुका रुपमा परिबर्तन गर्न स्थानीय सरकारको सीप,दक्षताको लागि लगानी योजनाको खाँचो देखिन्छ ।

संबिधान प्रद्धत्त नागरिकको हैसियतले राजनीतिक अधिकार प्राप्त हुन नसकेका महसुसता यी दनुवारडोने बस्तीमा देख्न सकिन्छ । दियोको पीढमा अध्यारो भए जस्तै शहर नजिकै रहेको दनुवारबस्तीहरुमा चरम आर्थिक अभाब,शैक्षिक चेतनाहीन भेटिन्छ । सीप,कलामा ब्यबसायीकताको ज्ञान अभाबले यो जाति निकै पछाडि परेको देखिन्छ । मातृभाषा र संस्कृति लोप गराएर बसोबास गरेका यी जातिमा सांस्कृतिक चेतना र भाषिक चेतना हुन नसकेमा जनजाति पहिचान नै खतरामा पर्ने संकेत देखिएको छ । अन्यथा,नयाँ नेपाल पुनःसंरचनामा कागलाई बेल पाक्यो हर्ष न बिष्मात भने झै उदयपरुबासी औलो पचाएको दनुवारडोने जाति समुदायलाई हुने निश्चित भएको छ ।


संरक्षित जातिय अबस्था 

१.उदयपुर जिल्लाको पुनःसंंरचना पश्चात दनुवार(डोने) आदिबासी जनजातिको लागि स्वायत्त,संरक्षित तथा बिशेष क्षेत्रको आधारका केन्द्रबिन्दु बनाउन सकिन्छ । त्यसैले,  यस जिल्लाको हकमा औलो पचाएको,बाघ,भालु, चितुवा,सिंह,सर्प,खजुरा तथा महामारी प्रकोपको प्रभाबको प्रबाह नगरि सघन बस्तीको रुपमा बस्दै आएको आदिम जनजाति नै दनुवारडोने हो । तर,अल्पसंख्यक तथा लोपोन्मुख अतिसिमान्तकृत आदिबासी जाति तथा जनजाति भएकोले सामाजिक चेतना र भौतिक पूर्वाधार बिकासको क्षेत्रमा अति पछाडि र बिपन्नताको शिकारमा पिल्सिएको अबस्था पाईन्छ ।

२.मानसिक दरिद्रता (शिक्षा क्षेत्रमा बाउ,बाज,ेआदिबाजे)का सन्तान दर सन्तानहरु गँवार अशिक्षितपनको कारणले गर्दा गैर डोने(दनुवार) लाई रैथाने उपल्लो बर्ग जातिले दास सहर बनाएका थिए । हाल त्यसैको छापमा पनि माथि उठ्न कठिन परेको यस जातिको सामाजिक अभियान्तहरुको दाबी छ । यो जाति समुदायले खोरिया,टार र फाँटको उर्बरभूमि बाली योग्य खेतबारी  बनाएको तर भुमीसुधार लागूपछि सोझासिधा दनुवारहरुलाई लालपुर्जा बिहीन बनाएका थिए । खोरिया फडानी गरि उर्बरभूमि बनेपछि सामान्तले कुप्रपञ्च गरि जीमीन हडपेका हुनाले ,

३.भूमीपुत्र, जलपुत्र,तन्त्रमन्त्र पुत्र,आदिकालका प्रकृति पुजक पुत्र, भएको नाताले ,

४.हाल (बर्तमान)को दनुवार(डोने) जातिको यर्थाथबस्तु परक आधार अन्तर्गतको मानब बिकास सुचाङ्कनको आधार स्तम्भमा बिश्लेषमा,सामाजिक,शैक्षिक,आर्थिक,सांस्कृतिक,धार्मिक,राजनैतिक,बौद्धिक,भाषिकलोपोन्मुख बन्दै सामर्थको शुन्य पहुँज भएको हुनाले ,

५.  जनसांख्यकीको आधारमा अल्पताको सिद्धान्तलाई घाँटी निर्चोने शासकबर्ग र अभिजात बर्गको दबदबाहले बौद्धिक दासत्तामाथिको तण्डबनृत्य देखाउने मुठ्ठीभरका शासक जात भनाउँदाहरुको काबुमा बस्दै आएको हुनाले,

६.तर, एक जुगमा एक दिन एक पटक आएको संबिधान सभाको  बखतमा भोटर प्राणीको मताधिकारलाई सदुपयोग गर्ने राजनीतिक दल वा पार्टीलाई बिजेता गराएको आधारमा,

र अबको लागू हुने मूल कानुन,ऐन,नियम र शासन प्रणालीको साझेदार राज्य सत्ताको बागडोर समानुपातिक,समाबेशी पञ्चशिलको समतामुलक समाजको परिकल्पना गर्दै जनताको संबिधानभित्रको हक अधिकार लागू गर्ने र गराउने नागरिकको हैशियत निर्माण गर्न पहल गर्ने ,

स्थानीय तहको पुनः संरचना पश्चात त्रियुगा नगरपालिका, कटारी नगरपालिका र चौडण्डीगढीको भूगोलमा आदिकालदेखि महामारी र औलोबिजेता जाति डोने(दनुवार)को सघन बस्तीको बाहुल्यतालाई सामाजिक चेतनामुखी र  भौतिक बिकासबाट बिमुख गराईनु हुन्न भन्ने तथ्यमा आधारित भएको हुनाले ,,

७. जिल्लाको सबै राजनीतिक दल,संघ,सस्था,नागरिक समाज,सरोकार बाला निकाय,मानबअधिकारबादी वकिल,पत्रकार,नेता गण,शिक्षक ,कर्मचारी र सत्ता साझेदारी राजनीतिक दल वा पार्टी र प्रति पंक्षको दलको नेतृत्व गण, स्थानीय प्रमुख तथा जनप्रतिनिधीहरु अनुरोध गर्दै सुखी नेपाली,समृद्ध नेपालको परिकल्पना गर्दै बिकसितको लक्ष्य भएकोले,

तथ्यगत कुरालाई दुधको–दुध,पानीको–पानी छुट्याई साबिकका डोने बस्तीहरुको सघन टोल,गाउँ र वडा तथा डुन(दुन) र डोने(दनुवार)  बसोबासको क्षेत्रलाई बिकासको अनुभूति दिलाउने योजना निर्माण गर्ने र सो जातिको संरक्षण हुनु पर्ने साथै बर्तमान र भबिष्यको समृद्ध नयाँ नेपालको समता मुलक परिकलपना गर्ने र सदुपयोग गर्ने हैसियत  राख्ने चाहाना भएकोले,

८. सामाजिक,आर्थिक, राजनैतिक,धार्मिक,शैक्षिक ,सांस्कृतिक, भाषिकस्तर स्तरमा सामर्थको पहुँच राख्ने नसक्ने र  दुन,बेशी,खोँज,टार,नदिकिनाराको आदिबासी,मूलबासी,भुमीपुत्र र जलपुत्रको डोने(दनुवार) जातिको तात्रिक तन्त्र मन्त्रको बाघरुपी इतिहासको बिरासतलाई बिचलन नगरि बिशेष संरक्षित पालिका तथा वडा एवं सघन बस्ती क्षेत्रलाई डोने(दनुवार) समुदायलाई तत् बस्ती वा क्षेत्रको रुपमा संरक्षित गरिनु नै कालान्तर पछिको समृद्ध समाज निर्माण र समतामूलक सामर्थ हुने निश्चित भबिष्य भएको हुनाले,र यसबाट बन्चितिकरण गरिने कसैलाई छुट छैन भन्दै राजीतिक सामाजिक एकीकृत बिकासको खोजिरहेको हुनाले,

 

त्रियुगा फाँटको औलोबिजय जाति दनुवाडोनेको भाषा लोप

तिरजुगा हुदै त्रिजँुगा बन्दै हालको त्रियुगा नगरपालिका अन्तर्गत बिशेष संरक्षित क्षेत्रहरुमा दनुवारडोनेजातिको मुख्य आधार बस्तीहरु,

क. त्रिनपा –१३ असारीमा दनुवार(डोने) सघन बस्ती भएकोले,

ख. त्रिनपा–७ स्थितको होक्से गाउँ,कुर्थीबारी गाउँ,गुण्टे गाउँ,धरमपुर गाउँ,उल्लेखिय मात्रमा आदिम थातथलो भएकोले , चुहाडे,बरगाउँ,भाण्टाबारी गाउँमा घना एकल दनुवार(डोने) जातिको बस्ती भएकोले ,

घ. त्रिनपा–८ को जसेटोल,झोडा गाउँ,बागचौरी गाउँ, राजाबास दनुवारबस्ती,बैरनी रातमाटे शाहीखोलाराजाबास गाउँमा सबैभन्दा बढी सघन बस्ती भएको हुनाले,

च.त्रिनपा – ९ स्थित राजाबास स्कूलटोल,चौकीबारी,सखुबनी गाउँ,माथाने टोल,दिपुटोल,डाँडाटोल,खपडाटोल,झिल्केटोल ,पाखाटोल खारिया आदि एक दर्जनको हाराहारीमा वडा कै सबैभन्दा बढी दनुवार(डोने जाति रहेको हुनाले त्यसैगरी गैरुन दनुवार बस्ती त्रियुगा फाँटकै माथि उल्लेखित गाउँ बस्ती टोलहरुमा बहुसंख्यक रुपमा एैतिहासिक दनुवार(डोने) बस्ती भनेर चिनिएको हुनाले ,

ज.त्रिनपा भित्र ६१ जात जातिका बसोबास रहेका छन् । पहिलो क्षेत्री(२१,२२०),दोस्रोमा थारु(१३,०५८) तेस्रोमा राई १०,८८४र्),चौथोमा मगर (७१११) पाँचौमा बाहुन पहाडी)(६,७८०) र छैठौमा दनुवार(डोने)(४,०१५) रहेका छन् । भाषाको आधारमा ३२ प्रकारको मातृभाषा नगरक्षेत्रमा बोल्ने तथ्य रहेको देखिन्छ । भाषिक आधारमा त्रिनपालाई सबभन्दा बढी नेपाली (४८,८७८),दोस्रोमा थारु (१२,६०४) छन् । तर दनुवारमा ७९३जनाले भाषा ०.९१ प्रतिशतले बोल्ने भनिएको छ । यो जातिको मातृभाषामा नबौं स्थानमा त्रिनपामा रहेको छ । तर दनुवार (डोने)  जातिको मातृभाषा  त्रिनपा क्षेत्रभित्र भाषीक आदान–प्रदानको माध्यमा शुन्य बराबर छ । नगर क्षेत्रका दनुवार जातिले बोल्ने भाषा मृत्यु वा लोप भईसको छ ।  यो २०६८को केन्द्रिय तथ्यांक केबल मिथ्यांक हो । यस क्षेत्रमा दनुवार(डोने) मातृभाषा बोल्दैबोल्दैनन् । (सीसीएलसी प्रतिबेदनः खोजकर्ता–यमन–२०७०)

दुन क्षेत्रकटारीको दनुवारडोने जातिको मातृभाषा र जनसंख्या

कटारी नगरपालिकाको कूल जनसंख्या ५६,१४६ रहेका छन् । जस मध्ये सबैभन्दा बढी क्षेत्री(१२,००७) रहेको छ । त्यसैगरी दोस्रोमा मगर(१०,०७७) भने तेस्रोमा तामाङ(५३३६) र चौथोमा दनुवार (५,००४) रहेका छन् । (केतबि २०६८)का अनुसार तथ्याङक कार्यालय उददपुरले तयार पारेको स्थानीय तथ्यांक बिबरण पुस्तक २०७५ असार प्रकाशित अनुसार)रहेको छ ।  यस नगरपालिकामा ४४ जात जाति बसोबासको भूमी बन्दै आएको छन् ।  नखुलेका जातजातिक तथा र अन्यका जनसंख्या(१५७) जना भेटिएको छ । (केतबि २०६८)  कटारीलाई भाषिक आधारमा बिश्लेषण गर्ने हो भने ३० वटा मातृभाषा वा राष्ट्रभाषा बोलिने तथ्यांकले जनाएको छ । बोलचालको पहिलो भाषा नेपाली बोल्नेको संख्या(२९,२४९) रहेका छन् । दोस्रोमा मगर(८,२२०),तेस्रोमा तामाङ (४,९७२) र चौथोमा दनुवार मातृभाषा बोल्नेका संख्या ४,८१५) रहेको तथ्यांकमा रहेका छन् । तर बिडम्बना साथ भन्नु पर्ने हुन्छ यस क्षेत्रका दनुवारडोने जातिले मातृभाषा बोल्ने गर्दैन् । र,ठोकुवा साथ भन्ने हो भने दनुवार(डोने) आदिबासीको मौलिक मातृभाषा यो क्षेत्रबाट मृत लोप  भईसकेको छ । कुराकानीको संचारको माध्यमा बोलिने भाषा नेपाली नै हो तर मृत तथा लोप भाषालाई बचाउनका लागि यो तथ्यांकले महत्वपूर्ण भूमिका खेल्न मद्धत गर्ने छ ।

भाषा मार्ने छुट छ भने संम्बन्धीत समुदाय वा जातिका मानिसलाई मात्र छ भन्न पनि मिल्दैन । फेक आधारको तथ्यांकलाई सक्कल मान्न सकिदैन । दनुवारडोने जातिले लिन सक्दैनन् कीन भने संचारको भाषामा सो क्षेत्रका दनुवारडोने बस्तीहरु जहडी,सिम्ले,तित्रिबोट,भगनपुर र माथिल्लो तित्रिबोटमा भाषा संरक्षणका लागि मातृभाषाको शब्दकोष प्रकाशनमा ल्याउन खोजकर्ता तथा संकलन गर्न पुग्दा ७÷८ दशक उमेर समुहमा पुगेका मानिसहरुले बाउ बाजेले बोल्ने गर्नु हुथ्यो भन्ने सर्बेक्षण एक मत पाईयो । (सिसिएलसी प्रतिबेदन–२०७२)

यस क्षेत्रमा बुढा मरे भाषा सरे, भाषा मरे दनुवारडोने मरे सरह नै भएको छ । त्यसैले मातृभाषा मृत मर्यो भने जातिको पनि अस्तित्व समाप्त हुने बिद्धान भाषाशास्त्री वा भाषाबिद्हरुको तर्क छ । यो मानब समाजले स्वीकार गरेको कुरा हो । अब राज्यले सबै समान हैसियतको भाषाभाषीहरु ब्नाउने पर्ने संबिधान प्रदत्त अधिकार रहेको छ । यो क्षेत्रबाट दनुवार मातृभाषा मरे पनि नेपाल भूमीबाट मरेको छैन । मातृभाषी संरक्षणमा पाठ्यक्रम तयार गरि अगाडी बढ्नुको अर्को बिकल्प छैन ।

१.कटारीनगरपालिका १त्रिबेणीकादनुवार (कछारिया दलुवार)हरु तथ्यांकमा ४४६जना रहेको देखिन्छ । यो जाति यस क्षेत्रमा जनसंख्याको आधारमा सातौं स्थानमा रहेको देखिन्छ । यो क्षेत्रमा २४ जात जातिको बस्ती रहेको देखिन्छ । कूल जन संख्याको पाँच प्रतिशत रहेको पाईन्छ । पहिलो क्षेत्री(२९१८) दोस्रोमा मगर(९५६) तेस्रोमा बाहुन(९५४) चौथोमा तामाङ(८८७) पाँचौमा माझी(४९०) र छैठौ आ ैमा सुनुवार(४६७) रहेका छन् । यस गाबिसमा सबै भन्दा बढी आदिबासी जनजाति रहेको पाईन्छ । जसमा ४५ प्रतिशत रहेको छन् । यस गाबिसमा १५ वटा राष्ट्र भाषाभाषीहरुको संचार आदानप्रदान हुने तथ्यांकमा जनाईएका छन् । भाषीक तथ्यांकमा दनुवार तेस्रो भाषा रहेको छ भने पहिलो नेपाली(५९६४),दोस्रो तामाङ(७८२) रहेका छन् । दनुवार (४४६) जाति भाषीक आधारमा ५ प्रतिशत रहेको देखिन्छ ।

२.कटारी नगरपालिका–२ हडैयामा दनुवार (कछारिया दल्वार) जाति छैठौ स्थानमा (२२४) जना रहेका छन् भने १४ जातजातिको बसोबास रहेको पाईन्छ । मातृभाषी आधारमा ३० जनाले मात्र बोल्ने देखिन्छ ।

तर यो क्षेत्र बाट पनि दनुवार(डोने) भाषा मृत भईसकेको छ । त्यसैगरी त्रियुगा नगरपालिका १ जोगीदहमा २२ जना र मातृभाषी १७ जना रहेको दनुवारडोने भाषा यहाँ पनि मारिसकेको छ ।(रा.केतबि २०६८)मा रहेको देखिन्छ ।

३.रिस्कू जनसंख्या ७,८५९ कुल रहेको छ । यसैकाआधारमा बिश्लेषण गर्ने हो भने  नौ औं जनगणना(२०४८) मा दनुवारडोने बढी थिए ।र,दशौ जनगणनामा केही मात्रमा मात्र बढी मगरको संख्या रहेको पाईन्छ भने ११औ अर्थात २०६८ जनगणनामा  २६५ जना बढी रहेका छन् । मगरको जनसंख्या बढ्नुका कारण पहाडी क्षेत्रबाट बसाई सराई भई रिस्कूमा आएर भएका हुन भने दनुवारडोनेको जनसंख्या घट्नुको मुख्य कारण भनेको शिक्षित  बन्दै सन्तान दरसन्तानमा परिवार नियोजन र अस्थायी साधन प्रयोग गर्न सिकेर जन्मदर कम गराउनुनै हो । दनुवारडोने जाति बसाईसराई नगर्ने प्रमुख जाति मध्ये प्रथम स्थानमा आदिबासी जनजाति दनुवार जाति नै हो । रिस्कूमा १७ जात जातिको बसोबास  रहेको छ । जसमा दनुवार(डोने) (१,४०८ जना) ले दोस्रो स्थानमा रहेको छ ।

ख.मातृभाषाको आधारमा रिस्कूमा १३ वटा भाषिक परिवार तथ्यांकमा देखिन्छ ।  पहिलोमा नेपाली खस भाषा ,दोस्रोमा मगर भाषा र तेस्रोमा दनुवार भाषा तथ्यांकमा उल्लेख गरिएको छ तर साबिक रिस्कू गाबिसको वडा नं. १ मा १११ घरधरी मा ४४४ जनसंख्या रहेको छ । यहाँ हालको अर्थात जनगणनाको ७ बर्ष बिति सक्दा समेत गैर दनुवार जातिहरुको एकघर समेत छैन । र , यस्तो  एकल घना सघन दनुवारडोने बस्तीमा मातृभाषा कसैले बोल्दैनन् र जान्दैनन् पनि । अब भाषिक तथ्यांक पनि मिथ्यांक बनेको छ । उदयपुर जिल्लामा दनुवार(डोने) जातिले बोल्ने मातृभाषालाई तिलाञ्जली दिईसकेका छन् । यस्तो भ्रमित तथ्यांकलाई  मान्न कुनै अर्थ छैन ।   रिस्कूलाई दनुवारडोनेको मृतभाषा संरक्षित गर्न जरुर रहेको छ । सघन यो जातिको बस्तीमा भाषिक पाठ्यक्रम तयार गरि भाषिक पाठशाला खोलिनु पर्छ । अल्पसंख्यक तथा लोपोन्मुख अतिसीमान्तकृत आदिबासी जनजाति समुदायका भाषिक पहिचान सुनिश्चत हुन्छ । दनुवारडोने जातिको जनसंख्याको हिसाबले कटारी नगरपालिका ७ रिस्कू नेपालकै यो जातिको बढी जनसंख्या रहेको वडा हो ।

स्थलगत अध्ययन गर्दा दनुवारडोने जातिका मानिसले जिल्लामा कुनै पनि क्षेत्रमा आफ्नो मातृभाषा डोने बोल्न नगरेको सिसिएलसी २०७५ को भाषा संरक्षण सर्बेको आधारको प्रतिबेदनमा लोप भएको बताउछ ।

 

निष्कर्ष

माथिका उल्लेखित तथ्य र बर्तमानको यथार्थलाई एउटै मदानीभित्र हालेर समतही राजनीतिक बिश्लेषण गरिनु हुन्न । हामी गवार पुर्खाको सन्ततीले नयाँ नेपालको पुनःसंरचना पश्चात संबैधानिक अक्षरसको बिश्लेषण मात्र गरेका छौ । हामीलाई जेजेले चिनेता पनि हाम्रो मातृभाषाको संंरक्षणको खाँचो छ । डोने मातृभाषामा हाम्रा जातिय पहिचानको गाथा कोर्नु नै पहिलो संबिधान प्रदत्त अधिकार हो । दनुवार परिचयले राष्ट्रियता बोकेको भएता पनि मातृभाषामा डोने  स्वीकार गर्नु यो जातीको बिशेषता हो । राज्यले डोने भाषा सुचिकरण गर्नु र मान्यता दिन कुनै कसुर बाँकी राख्नु हुन्न । राज्यले कुनै पनि जात जातिको मातृभाषा संरक्षण गर्ने जिम्मा लिएको हुन्छ । त्यसैले दनुवारडोनेले बोल्ने मातृभाषा डोनेको संरक्षरणको उषाकिरण देखिन्छ । प्राचिन यथार्थबाट यो भाषी समुदाय भाग्नु हुन्न र राज्यले लोपन्मुख डोने भाषा बचाउनु नै राष्ट्रियता हो । मातृभाषाहरु राज्यको सम्पति हो ।  राज्यबाट डोने भाषाको लिपी साहित्यको खोजीको जरुर देखिन्छ ।

स्थानीय तहको पुनःसंरचनापछि जनप्रतिनिधिहरुका बहाली भई स्थानीय तहको बिकासका लागि प्रदेश सरकार र संघीय सरकारबाट दु्रत बिकासको छलाङ मारि रहेको सन्दर्भमा लोपोन्मुख भाषीक, अल्पसंख्यक,अतिसीमान्तकृत, समुदाय उल्लेख्य बिकास हुनु आवाश्यक देखिन्छ ।

आदिबासी भूमि र उनीहरुका सांस्कृतिक पहिचान र अस्तित्व  राज्यको संम्पदा हो । मातृभाषामा शिक्षा र बिकासलाई संबैधानिक अधिकार नासोको रुपमा रहेको पाईन्छ ।  राज्यभित्र १२५ जात जातिको साझा फूलबारीको १२३ भाषा भाषी र बिबिधता युक्त सांस्कृतिक लोकजीवनको संस्कृतिर्ला राज्यले समान रुपमा संरक्षण् गरिनु बर्तमान नेपालको दायित्व हो । आदिबासी जनजाति र गैरआदिबासी जनजातिको मिश्रीत सभ्यतालाई राज्यले नासोको रुपमा लिनु जरुर छ । आदिबासी भाषा,लिपी साहित्य र सांस्कृतिक संम्पदाहरुलाई राज्यले संम्बोधन गरिनुको अर्को बिकल्प छैन । यी संम्पदालाई सरकारले मूर्त चासोको रुपमा लिएर संरक्षण र प्रबद्र्धन गरि समृद्ध नेपालको निर्माण र सुखी नेपाली बनाउन हर पहरेदारको भूमिका निर्बाहको आवाश्यक छ ।

फलस्वरुप दनुवार(डोने) जातिका मातृभाषा र संस्कृति जिल्लामा लोपको सुचिबाट माथि उठाउनु स्थानीय सरकारका जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका र सो जातिको मानिसमा सांस्कृतिक चेतनाको बिकास हुनु आबाश्यक छ । तथ्यांकमा मात्र दनुवारडोने जातिले बोल्ने मातृभाषा उल्लेख गरिएको भएता पनि यो जाति समुदायको गाउँबस्तीमा आफ्नो मातृभाषा कसैले पनि बोल्न नजानेको पुष्टि भएको छ । सदरमुकाम गाईघाट आसपासको दनुवारडोने बस्तीहरुमा आफ्नो मातृभाषा कतै नबोल्ने एक अध्ययनले बताएको छ । त्रियुगा फाँटको दनुवारडोने जातिले बोल्ने मातृभाषा डोने यो क्षेत्रबाट लोप भएर गईसकेको छ । लामो समयदेखि आफ्ना मातृभाषा नबोल्ने यो जाति रहेको स्थानीय दनुवारडोने जानकारहरु बताउँछन् ।

स्थानीय तहको सरकारले लोप भईसकेको दनुवारडोने जातिको मातृभाषा डोनेलाई भाषिक अभियान हुने कार्यायोजना ल्याई संरक्षण गर्ने तर्फ लाग्नु पर्ने देखिन्छ । संबिधानमा लेखे बमोजिम मातृभाषामा पढ्न लेख्न पाउने प्राबधानलाई राज्यले यी जातिलाई प्रदान गरिनु पर्दछ ।  जिल्लामै यो जाति तथा समुदायको मातृभाषा लोपले जातीय चिनारीमा समेत संकट आईपरेको छ ।

यो जातिको भाष्ािक संरक्षण गर्न सबै सरोकारबाला निकायहरुको पहल जरुर रहेको देखिन्छ ।  भाषा मरे पहिचान मर्छ ,पहिचान मरे जाति मर्छ भने झै यो त्रियुगा फाँटको आदिम औलो पचाएर बसोबास गर्दै आएका दनुवारडोने जातिको अस्तित्व नै खतरा परेको जानकारहरुका ठम्याई रहेको छ ।

त्रियुगा नगरपालिकामा आदिबासी जनजातिको मातृभाषा लोप हुन जाति नै दनुवार जाति हो ।  आदिम डोने भाषा संरक्षणमा  नगरपालिकाले बिशेष ध्यान दिन पर्ने यो जातिका बुद्धिजिवीहरुको भनाई  छ ।उदयपुरको दुन क्षेत्रमा बसोबास गर्दै आएका औलो पचाएर बसेका दनुवारडोने जातिको आफ्नो मातृभाषा लोप भईसकेको छ । जनगणना तथ्यांक पुस्तकमा मात्र भाषा बोल्ने उल्लेख गरिएको छ तर यो जातिको बस्तीमा भाषा बोल्न आउछ आउदैन भन्ने सोध प्रश्नमा त्रियुगा फाँटकै क्षेत्रमा बसोबास गरेको दनुवारडोने जातिमा भाषिक ज्ञान भएको मानिस भेटिन सकेन । उदयपुरको दुन क्षेत्रबाटै दनुवारडोने जातिको मातृभाषा लोप भईसकेको पाईन्छ । यो जातिमा मातृभाषाको चेतनाको बिकास गराउन आदिबासी जनजाति सरोकारबाला निकायहरुका अभियान जरुर रहेको देखिन्छ । औलो पचाएर बसेको जातिको मातृभाषा जोगाउन राज्यले चासो र भाषिक संरक्षण अभियान गरिनु पर्ने देखिन्छ ।

(लेखक–संघीय राज्य साप्ताहिका प्रकाशक/प्रधान सम्पादक तथा हिमालय टेलिभिजन उदयपुर सम्बाददाता हुनुहुन्छ ।)