
पूर्णपुष्टि, भदौ ७
आज दुबईमा अलपत्र परेका २ सय ६४ जना नेपाली काठमाण्डौँ आईपुगेका छन् । नेपाल फर्किन भनेर दुबई विमानस्थल पुगेका तर सरकारको निर्णय भन्दै यात्रुलाई नलिएरै जहाज रित्तै फर्किएपछि गत सोमबार दुबईमा अलपत्र परेकाहरुलाई आज नेपाल एअरलाइन्सको वाइड बडी ए ३३० जहाजमार्फत नेपाल ल्याईएको हो ।
आजको उडान पनि तोकिएको समय भन्दा सवा दुई घण्टा ढिला भएको थियो । यो उडानमा नेपाल जानका लागि २ सय ७० जनाले टिकट काटेका थिए । टिकट लिएकामध्ये ६ जना कागजात नमिलेका कारण नेपाल फर्किन नपाएको नेपाल एअरलाइन्सले जनाएको छ ।
यूएईमा मृत्यु भएका लुकबहादुर कुँवर र करेन्ट लागेर मृत्यु भएका रुपन्देही मझुवाका कृष्णबहादुर खड्काको शव पनि यसै उडानमार्फत नेपाल ल्याईएको छ ।
