
शैलेन्द्र विष्ट
रौतामाई, बैशाख ३१ गते ।
उदयपुरका रौतामाईको डहरमा ५ दिने आलु चिप्स आधारभूत तालिम बुधबार सम्पन्न भएको छ । रौतामाइ गाउँपालिका–१ का वडा स्तरीय महिला संजाल समितिको आयोजना र वडा पालिकाको सहयोगमा तालिम सम्पन्न भएको हो ।
लक्षीत वर्गका महिला दिदी बहिनीलाई रोजगारी तथा आर्थीक स्तर उकास्ने उद्देश्यले तालिमको आयोजा गरिएको आयेजककी उपाअध्यक्ष झनक माया विष्टले बताईन् । तालिममा वडाका विभिन्न गाउँबाट १८ जनाले सहभागिता जनाएको थियो । तालिमको प्रशिक्षक शान्ति राईले आलु चिप्स, निम्कीको समेत तालिम प्रदान गरेकी थिईन् ।
आलु चिप्सको काम घरमै बसेर गर्न सकिन्छ । भने व्यावसायीक रुपले काम गर्दा आय स्रोतमा सुधार समेत आउने आशा लिएको आयोजकले जनाएको छ । घरमा खान पनि प्रयोग गर्न सकिने र थोरै लागानीमै राम्रो आम्दानी गर्न सकिने विष्टले बताईन् ।
बाह्रैमास आलु हुने ठाउँ भएकाले खन्दा चोट लागेका आलुलाई तत्काल चिप्स बनाए आम्दानी गर्न सकिन्छ । वर्षायाममा माथिल्लो भेग र हिउँद याममा तललो भेगमा आलु उत्पादन हुने भएकाले आलु चिप्स उत्पादन गर्न कुनै समस्या अनाउने विष्टले बताई ।
आलुको पकट यरीया भएकाले आलु जोनको रुपमा पालिकाले हेरेको रौतामाई गाउँपालिकाको उपाध्यक्ष कुमारी राना ज्यु ठकुरीले बताईन् । तालिमले गरिव परिवारका महिलाहरुको आर्थिक स्तर उकास्नमा ठुलो टेवा पु¥याउने आशा लिएको उपाध्यक्ष ठकुरीले बताईन् ।
बजार नपादा कुहिएर खेरा जाने आलु अब तेतिकै खेर जान नपाउने पाउने छैन । भएपहाडी क्षेत्र भएकाले सिपमुलक तालिमसँगै विकासका पूर्वधारहरुको पनि उतिकै आवश्यता रहेको उपाध्यक्ष ठकुरीले बताईन् ।
पालिकाकै सवै भन्दा बढी आलु उत्पादन हुने वडा भएकाले यस क्षेत्रको मुख्य आय स्रोतकै रुपमा आलुलाई लिईएको रौगापा–१ वडाध्यक्ष रुद्रबहादुर कार्कीले बताए । यस क्षेत्रमा आलु जस्तै अन्य धेरै नगदे बालिहरुको पनि सम्भावना बोकेको वडाध्यक्ष कार्कीले बताए ।
आयोजककी उपाअध्यक्ष झनक माया विष्टको सभापतित्वमा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष कुमारी राना ज्यु ठकुरी, विशेष अतिथी नेपाल पत्रकार महासंघ शाखा उदयपुरको उपाध्यक्ष भोटराज राई र अतिथिहरुको आतिथ्यतामा कार्यक्रम भएको थियो ।