Friday, February 7News That Matters

दुर्गम पालिकामा आधारभुत पत्रकारीता तालिम सुरु

उदयपुर, जेष्ठ २३ गते । 

उदयपुरको दुर्गम गाउँपालिका लिम्चुङ्बुङमा पाँच दिने आधारभुत पत्रकारीता तालिम सुर भएको छ ।

नेपाल पत्रकार महासंघ शाखा उदयपुरको आयोजना तथा लिम्चुङबुङ गाउपालिकाको सहयोगमा पाँच दिने आधारभूत पत्रकारिता तालिम बाराहामा बिहिबारदेखि सुरु भएको हो ।

तालिमको उद्घाटन पालिकाकी उपाध्यक्ष रमिला राईले गरेको थियो । नेपाल पत्रकार उदयपुर शाखाका अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्त राई, लेखाअधिकृत ताराकिरण राई, १ नं.वडाध्यक्ष भिम ब राई, २ नं. वडाध्यक्ष भबिन्द्र राई, ३ नं. वडाध्यक्ष डिकबहादुर राउत, ४ नं. वडाध्यक्ष यन्दप्रसाद राई, ५ नं. वडाध्यक्ष केशर कुमार खड्का, नेपाली कांग्रेस २ नं. क्षेत्रिय सचिब  सुनिल राई, नेपाल पत्रकार महासंघ उदयपुरका पूर्बअध्यक्ष श्याम राई, पुर्बसचिब गोपाल पोखरेल लगायतको आतिथ्य  रहेको थियो ।

तालिममा पालिकाका पाँच वडाका १६ जनाको सहभागिता रहेको छ । तालिमको प्रमुख प्रशिक्षक भोटराज राई रहेका छन् ।