
उदयपुर, फागुन २५ गते ।
उदयपुरको उदयपुरगढी गाउँपालिका ७ कमानमा शनिबार विहान सवारी दुर्घटनामा परी बाबुको घटनास्थलमै मृत्यु भएको छ भने छोरो गम्भिर घाइते भएका छन् ।
नेपालटारदेखि गाईघाटतर्फ आउदै गरेको ना १ क ८३४७ नम्बरको टिफर र सोही दिसाबाट आउदै गरेको बा ९४ प ९४३२ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकलमा सवार बाबु बलबहादुर मगरको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाईकल चालक छोरो अन्दाजी २५ वर्षिय सुदन मगर गम्भिर घाइते भएका हुन् ।
सडकको घुम्तिमा मोटरसाईकल र टिफरबीच ओभरटेक गर्ने क्रममा दुर्घटना हुन पुगेको स्थानीयको भनाई छ ।
(प्रशिक्षार्थी पत्रकार नानु थापाको सहयोगमा)