
पूर्णपुष्टि,माघ ८
दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा मोटरसाईकल र ट्याक्टर चालक दुवैको मृत्यु भएको छ ।
झापा कचनकवल–१ बस्ने ३२ बर्षीय नन्दलाल राजवंशीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । हिजो बेलुका पौने ७ बजे झापा बाह्रदर्शी–३ स्थितमा मे ७ प ७९६७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरी ईलाम माईजोगमाई–४ हातिटार स्थित भित्री सडक खण्डमा ट्याक्कर दुर्घटना हुदा चालक सोही स्थानका ४५ बर्षीय राजु धमलाको मृत्यु भएको छ । हिजो साँझ ५ बजे प्रदेश न. ३–०३००१ त १४८२ नम्बरको ट्याक्टर चलाई रहेका धमलाले ब्रेक लगाउने क्रममा उनी आफै ट्याक्टरबाट लड्दा गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका धमलाको विएण्डसि अस्पताल विर्तामोड झापामा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
