Wednesday, May 6News That Matters

दुर्घटनामा ११ जना घाईते

तेह्रथुम/भाद्र ९ गते ।

मध्य पहाडी राजमार्ग अन्र्तगत तेह्रथुमको शेर्मामा लेन्डरोभर गाडी दुर्घटा हुदा ११ जना घाईते भएका छन् । राजमार्ग अन्तर्गत फेदाप गाउँपालिका–२ शेर्मामा गाडी अनियन्त्रीत भई दुर्घटना हुदा ११ जना घाईते भएका हुन् ।

सम्दुबाट म्याङलुङतर्फ जाँदै गरेको स १ ज २७२ नम्बरको लेन्डरोभर गाडी विहान १० बजे अनियन्त्रीत भई सडकदेखि करिब २५ मिटर तल खस्दा ११ जना घाईते भएको प्रहरीले जनाएको छ ।

तेह्रथुमको फेगापा–४ निबासी ४० वर्षीय योगेन्द्र लिम्बु, ५ नम्बर वडा निबासी ३३ वर्षीय महेन्द्रकुमार थापा, ४२ वर्षीय खड्कबहादुर लिम्बु, ४४ वर्षीया गंगा लिम्बु, म्याङलुङ नगरपालिका–९ निबासी ३५ वर्षीया शान्तिला लिम्बु, ४२ वर्षीय बिरबहादुर लिम्बु ११ वर्षीय बिज्ञान लिम्बु, मोरङको सुन्दर हरैचा नगरपालिका–७ निबासी ३५ वर्षीय कमल कोईराला, उर्लाबारी नगरपालिका–४ निबासी २१ वर्षीय संन्जय थापा, मधूमल्ला गाउँपालिका–३ निबासी ३२ वर्षीय संन्तोष काकी र झापाको दमक नगरपालिका–१ निबासी ४० वर्षीय दिलबहादुर कार्की घाईते भएका प्रहरीले जनाएको छ ।

घाईतेहरुको जिल्ला अस्पताल म्याङलुङ तेह्रथुममा उपचार भईरहेको छ । दुर्घटनापछि फरार रहेका चालकको खोजी कार्य भईरहेको छ भने सह–चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।