दुर्घटनामा १ जनाको मृत्यु

उदयपुर, मंसिर ८ गते ।

उदयपुरको घुम्तिमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी नगरपालिका–८ को घुम्तिमा मोटरसाईकल दुर्घटना हुदा पछाडी सवार सन्तोष कार्कीको मृत्यु भएको हो ।

बेतेनीबाट कटारी तर्फ आउँदै गरेको स ११ प ३२२८ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आएका ना ७ ख ४६१५ नम्बरको ट्रकले साईड दिने क्रममा राती ७ः१५ बजे मोटरसाईकल नालीमा खसी दुर्घटना हुदा कनपा–३ निबासी ३७ वर्षीय कार्की घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते कार्कीको उपचारको क्रममा कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते मोटरसाईकल चालक कनपा–३ निबासी ३१ वर्षीय नवराज कुँवरको कटारी अस्पालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल ट्रकमा ठोकिएको आशंकामा ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: