
संखुवासभा,भदौ २९ गते ।
संखुवासभाको खाँदवारीमा जेसिवीको ठक्करबाट एक जना बृद्धाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका–८ तुम्लिङटार चेवावेशी सडक खण्डमा जेसीवीको ठक्करबाट मृत्यु भएको हो ।
बाटो मर्मत गर्ने क्रममा सडकमा हिडिरहेका खाँदवारी नगरपालिका–७ निबासी ९१ बर्षीय सवरबहादुर राईलाई शनिवार दिउँसो सवा १ बजेको ठक्कर दिएको प्रहरीले जनाएको छ । घाईते भएका राईलाई उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगि उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
जेसीबी र जेसीवी चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
