
पूर्णपुष्टि, भदौ २
ग्लोवल बैँक गाइघाट शाखाले जिल्ला ट्राफिक कार्यलय उदयपुरलाई साईन बोर्ड प्रदान गरेको छ ।
शाखाले दुर्घटना नियन्त्रण तथा नागरिकहरुलाई सडक दुर्घटना सम्बन्धि सचेत गराउन सहयोग पुगोस भन्दै २० ओटा ठुलो साइनबोर्ड ट्राफिक कार्यलयलाई हस्तान्तरण गरेको हो ।
बोर्ड गाईघाट बजार क्षेत्रभित्र र जलजले आसपास लगाएत अन्य ठाउँमा राखिने जिल्ला ट्राफिक कार्यलय उदयपुरका प्रमुख होम प्रसाद खनालले बताउनु भएको छ ।
बोर्ड बैँकका शाखा प्रमुख रबिन राज दाहालले ट्राफिक प्रमुख खनाललाई हस्तान्तरण गर्नुभयो ।
