Sunday, June 28News That Matters

दुर्व्यवहार गर्ने शिक्षकलाई दले कालोमोसो

पूर्णपुष्टि, चैत ६ 

चितवनमा एक माध्यामिक विद्यालयका शिक्षकलाई दुव्र्यवहार गरेको भन्दै विद्यार्थीले कालोमोसो दलेका छन् । नारायणगढस्थित बालकुमारी माध्यामिक विद्यालयका शिक्षक शशीधर गैरेले दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ विद्यार्थीहरुले कालोमोसो दलेका हुन् ।

विद्यार्थीहरुले शिक्षक गैरेले छात्राहरुलाई पटक–पटक दुर्व्यवहार गरेको आरोप लगाउँदै आएका छन् ।

विद्यार्थीहरुले विद्यालय व्यवस्थापन, शिक्षकसहितको बैठकमा माफी माग्न भन्दा पनि नमानेपछि गैरेको कर्तुत बाहिर ल्याउनको लागि कालोमोसो दल्न बाध्य भएको विद्यार्थीहरुले जनाएका छन् ।

विद्यालय प्रधानाध्यापक नारायणबहादुर थापाले विद्यालय परिसरभित्रै शिक्षकमाथि भएको अमानवीय व्यवहारको भत्र्सना गर्दै विद्यालय शान्तिपूर्ण रुपमा पठनपाठनको वातावारण नभएसम्म अनिश्चितकालका लागि विद्यालय बन्द हुने सूचना जारी गरेका छन् ।

त्यस्तै विभिन्न शिक्षक संगठनहरुले पनि अमानवीय भएको भन्दै विरोध गरिरहेका छन् ।