Wednesday, July 8News That Matters

देउवाको हठले टुट्यो सत्ता गठबन्धन, निकटस्थमाथि खनिए कार्यकर्ता

पूर्णपुष्टि, पुष १२ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने भएपछि नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवा र उन निकटका नेताहरुप्रति चौतर्फी आलोचना हुन थालेको छ । देउवाका पत्नी आरजु राण देउवा र पर्टिका केही विश्वास पात्रकै कारण कांग्रेसले सत्तामा कुनै पद प्राप्त नगरेको भन्दै सामाजिक सञ्जालहरुमा नेताकार्यकर्ताले देउवाको यत्रतत्र आलोचना गर्न थालेको हो ।

उनीहरूके कारण देउवालाई उचालेर राज्यका सबै संरचनामा पार्टीलाई शून्यतातर्फ झारेको उनीहरूको आरोप छ । नेता गुरुराज घिमिरेले त पार्टी सभापति देउवाले संसदीय दलको नेता सभापतिबाटै नैतिकताका हिसाबले राजीनामा दिनुपर्ने बताए ।

आम निर्वाचन २०७९ को सबै परिणाम आएपछि नयाँ सरकार गठनका लागि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेताबीच भएको चरणबद्ध छलफलमा आलोपालो प्रधानमन्त्री बन्दा पहिलो पालोमा को भन्ने विषयमा कुरा नमिल्दा कांग्रेसले सबै पद गुमाउनु पुगेको हो ।