
पूर्णपुष्टि, चैत १३
बर्दियामा देशमै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना भएको छ । बारबर्दिया नगरपालिकाले देशमै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना गरेको हो ।
अहिले केन्द्रको भवन निर्माण तीव्र गतिमा अघि बढेको छ । नगरपालिकाको नगद चार करोड ३३ लाख ५० हजार ३८ रुपैयाँ लगानीमा केन्द्र बन्न लागेको बारबर्दिया नगरपालिकाले जनाएको छ ।
टिडीआर कन्स्ट्रक्सन प्राली धनगढीले अस्पताल निर्माण गर्ने सम्झौता गरी काम गरिरहेको जनाईएको छ । सत्र कोठे अस्पतालको भवन निर्माण भएपछि सिकलसेल रोगका बिरामी अन्तै उपचार गर्न जानु नपर्ने भएको छ ।
भवन निर्माण भएपछि करीब ६० हजार जनताले सेवा पाउने अनुमान गरेको छ । पश्चिम नेपालमा थारु समुदायमा समस्याका रुपमा रहेको सिकलसेल रोगले धेरै पीडित भएका छन् ।
