
बिक्रम राई
बसाहा, चैत २७
मंंगलवारदेखि सुरु चौथो बसाहा राईजीङ महिला गोल्डकपको दोस्रो दिन बसाहा राईजीङ क्लव (आयोजक टिम) र धनकुटा फुटवल संघ बिजयी भएको छ ।
आयोजक बसाहा राईजीङ क्लवले गाईघाट फुटवल क्लवलाई ६–० को अन्तरले पराजित गरेपछि बिजयी भएको हो । आयोजकको तर्फबाट जर्सि नं ११ का चुमलुङमा राईले ३ गोल, जर्सि नं ८ का नमिता राईले २ गोल र जर्सि नं ९ का मनिका राईले १ गोल गरी जम्मा ६ गोलका साथ गाईघाटलाई फराकिलो अन्तरले हराएको थियो ।
यता धनकुटाले बेलका ११ लाई २–० ले पराजीत गरी बिजयी भएको छ । धनकुटाको तर्फबाट जर्सि नं ३ का सानु राई र जर्सि नं ४ का सुनिता तामाङले १–१ गोल गर्दै टिमलाई बिजयी बनाएको हो । खेल अबधिभर गाईघाट र बेलका ११ ले कुनै पनि गोल फर्काउन नसक्दा निलमै चित्त बुझाउनु परेको थियो । भोलीदेखी सेमिफाइनलको खेल सुरु हुनेछ ।
भोली हुने सेमिफाईनलको खेलमा ४ टिमले खेल्ने आयोजकसमितिको प्रमुख सल्लाहकार दिनेश राईले बताए । भोलीको खेल पारिजात महिला फु्टवल क्लव झापा र धनकुटा फुलवल संघ धनकुटा, माउण्टेल एभरेष्ट स्पोरटिङ क्लव सुनसरी र बसाहा राईजीङ क्लव (आयोजक टिम) बिच हुने राईले बताए ।