
उदयपुर/ असार, २
उदयपुरमा भईरहेको रमपम उदयपुर गोल्डकपको दोस्रो दिन पनि दर्शकहरुको उत्साहजनक सहभागीता रहेको आयोजकले जनाएको छ ।
दोस्रो दिन घरेलु टिम भएको कारणले पनि दर्शकहरुले गोल्डकपमा उच्च सहभागीता जनाएको मुल आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले जनाए ।
चौधरीका अनुसार दर्शकको हौसाला र हुटिङले पनि खेललाई थप सहयोग पुगेका कारण घरेलु टिमले पहिलो चरणको खेलमा जित हासिल गरेकोे दावि छ ।
घरेलु टिमलाई जिताउनकै लागि पनि दर्शकहरुले दोस्रो दिन ठुलो सहभागीता जनाएको चौधरीले जनाए । पहिलो दिन साधारण टिकट ८ सय पिस गएका थिए भने दोस्रो दिन ११ सय टिकट बिक्रि भएको आयोजकले बताएको छ ।