Thursday, August 6News That Matters

धनकुटामा शंकास्पद वस्तु फेला

पूर्णपुष्टि, मंसिर ५ गते ।
धनकुटा नगरपालिका–९ बेलाहारामा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको बेलाहारामा रहेका प्रहरी चौकी भन्दा झण्डै डेढ किलोमिटर उत्तरमा शंकास्पद वस्तु फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको डिस्पोजल टोली परिचालन भइसकेको जानकारी दिए । शंकास्पद वस्तु बम नै हो या तर्साउन राखिएको वस्तु मात्रै हो भन्ने यकिन नभएको उनले बताए ।