पूर्णपुष्टि, कार्तिक २१ गते ।
धरान उपमहानगरपालिकाले कार्तिक २२ गते भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कात्तिके पूर्णिमा (बराहक्षेत्र मेला) का अवसरमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले आज एक विज्ञप्ति निकालेर उपमहानगरपालिकाभर मंगलबार सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।
विद्यालय, क्याम्पस, वडा कार्यालय, अत्यावश्यकबाहेक स्वास्थ्य सेवालगायतका कार्यालयमा बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।

