Tuesday, June 2News That Matters

धरान आउँदै गरेको पिकपमा आगलागी

पूर्णपुष्टि, असोज ३१ गते ।
धनकुटा स्थित साँगुरीगढी गाउँपालिकामा राजमार्गमा गुडिरहेको पिकअप गाडीमा अचानक आगलागी भएको छ । कोशी राजमार्ग अन्तर्गत साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाई नजिक हिलेबाट धरानतर्फ आउँदै गरेको प्रदेश नं.२–०१–००१ च ०२४१ नम्बरको पिकअप गाडीमा अन्दाजी २ बजे आगो लागेको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।
वायरिङ सर्ट भएर गाडीमा आगो लागेको हुनसक्ने प्रहरीको अनुमान रहेकोछ । लाग्ने वित्तिकै चालक निस्किएकाले मानवीय क्षति भने हुँन नपाएको प्रहरीले जनाएको छ । आगोको कारण पिकअपको अगाडिको भाग जलेको छ । करिब आधा घण्टापछि आगो नियन्त्रणमा आएको थिए ।