Thursday, May 28News That Matters

धर्मको नाममा भ्रम फैलाउने पास्टर पक्राउ

पूर्णपुष्टि, चैत ११ गते । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिरहेको बेला धर्मको प्रचार–प्रसार गर्ने एक जना पोखरबाट पक्राउ परेको छ । ईसाई धर्मलम्बी बनेको खेण्डमा यशुले कोरोना हटाउने र कोराना नलाग्ने भन्दै भ्रम पैmलाउने केशव आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

यशुको अनुयायी बने कोरोना भाइरस नलाग्ने भन्दै भ्रम फैलाउने जुम्ला घर भई हाल पोखरा महानगरपालिका–३२ खुदी सुकुम्बासी टोल बस्दै आएको आचार्यलाई पोखरा मनपा–२९ पावर हाउसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरानालाई यति बेला राज्यले नै चासो दिएको विषयमा सर्वसाधरणलाई यशुको नाम जोडेर भ्रम  फैलाउने गरेका चार्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कोरोनाको सन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर रहेको खुल्न गएको प्रहरीले जनाएको छ । धर्मका नाममा भ्रम पैदा गरेकाले मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।