
- एस किराँती
- विरेन्द्रबजार, बैशाख ५ गते
चौदण्डीगढी नगरपालिकाको वडा नं. ८ धारापानी खोलामा पुलको शिलान्यास भुपु शहरी विकास मन्त्री प्रतिनिधि सभा सदस्य डा. नारायाण खड्काले बुधबार गर्नुभएको छ ।
विरेन्द्रबजार स्थित भिमचौकमा औपचारिक कार्यक्रम गरि पुलको शिलान्यास गरिएको थियो । कार्यक्रममा सांसद डा. खड्काले आप्mनो संसदीय विकास कोषको ३० लाख रुपैयामा पुलको पहिलो चरणको काम गर्ने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख खगेन्द्र राई, उप—प्रमुख रिता कुमारी चौधरी, ने.का. क्षेत्रीय सभासद भोटराज खतिवडा, वडाध्यक्षहरु, नागरिक समाज, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
पुल निर्माण समितिका अध्यक्ष प्रदिप राईको अध्यक्षतामा भएको कार्यक्रममा सिता राईले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन गरुडमान विश्वकर्माले गर्नुभएको थियो ।