
पूर्णपुष्टि, असार ७ गते ।
डोटीको आदर्श गाउँपालिका– ७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो साँझ खानेपानी लिन धारामा गएकी थापलाई करेन्ट लागेरे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
त्यही ठाउँका सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको करेन्ट लगाएकाले थापाको करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पानीको ट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँको सार्वजनिक धारामा भारतमा रोजगारी गरी नेपाल घर फर्किएका कोरोना सङ्क्रमित भएका व्यक्तिले पनि पानी भर्न आउने गरेका कारण आफूले धारामा करेन्ट प्रवाह गरेको पक्राउ परेका किमाडीले बयान दिएको प्रहरीले जनाएको छ ।
