
पूर्णपुष्टि, साउन ३१
काठमाण्डौमा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरिएको छ । बानियाँटारमा धारिलो हतियार प्रयोग गरी लक्ष्मण तामाङको हत्या भएको प्रहरीले जनाएको छ ।
गतराति काठमाण्डौको तारकेश्वर नगरपालिका लोलाङका २४ वर्षीय तामाङको हत्या भएको बानियाँटार प्रहरीले जनाएको छ ।
दुई समूहबीच झगडा हुँदा हत्या भएको प्रहरीले आशंका गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।
