
पूर्णपुष्टि, कात्तिक २० गते ।
गाईघाट – नेपाल तिर्थ प्रकास संघका केन्द्रिय अध्यक्ष १०८ स्वामी देवराज प्रपन्नाचार्यले नेपालमा प्रशस्तरुपमा रहेका पर्यटकीय तथा दर्शनीय धार्मीकस्थलहरुको संरक्षण, प्रवद्र्धन र विकास गर्नसके देश समृद्ध बन्ने बताएका छन् ।
संघको उदयपुर शाखा, अरुणा पुष्प बाटिकाले आगामी मंसीर ३ देखि १७ गतेसम्म गर्न लागेको तेस्रो वार्षिक उत्सव तथा श्रीमद्भागवत गीता ज्ञान सागर धनधन्याञ्चल महायज्ञको बारेमा जानकारी दिन सोमबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रपन्नाचार्यले सो कुरा बताएका हुन् । उनले नेपालका धार्मीक थलोहरुको संरक्षण गरेर प्रचार प्रसार गरेर विदेशी धार्मीक पर्यटकमार्फत प्रशस्त आयआर्जन भित्राउन सकिने बताए । उनले ३ करोड नेपालीको पैसा भारतमा गईरहेको यथार्थ कोट्याउदै १९ करोड भारतीयको पैसा अब नेपालमा भित्राउने गरी धार्मीकस्थलहरुको विकासमा जोड दिनुपर्ने बताए । उनले नेपालमा अत्यन्तै महत्वपूर्ण धार्मीकस्थलहरु रहेकाले त्यसबाट विदेशी पर्यटकहरु भित्राई देश समृद्ध पार्न सकिने बताए ।
उदयपुर जिल्ला पनि प्रशस्त देवथलो रहेको र त्यसलाई धार्मीक पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने संघको लक्ष अनुरुप विभिन्न कार्यहरु थालिएको बताए । उनले हुन लागेको महायज्ञमा भारतको वाराणसीबाट शास्त्री पास गर, नेपालको वालमीकी विद्यापीठबाट आचार्य पास गरेकी वेदन्ताचार्य सुश्री शुभद्रा नेपालको प्रवचन सुनेर ज्ञानोपार्जन गर्न आग्रह गरे । संघका उदयपुर अध्यक्ष लोकबहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष निगम कोइरालाले स्वागत मन्तब्य राखेका थिए ।