Tuesday, June 9News That Matters

नक्कली नोट र नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

पूर्णपुष्टि,चैत १२

नक्कली नेपाली नोट र नोट छाप्ने पिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहट घर भएका गनबहादुर लोप्चन  ‘राजु’ र निता तामाङ ‘माया’ लाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले नक्कली नोट बोकेका व्यक्ति कलंकीमा आएको सुराकको आधारमा उनीहरुको पिछा गरेको थियो । कलंकीबाट ५ सय दरको ९ वटा नोट बरामद गरिएको थियो ।

कीर्तिपुरस्थित उनीहरुको डेरा चेकजाच गर्दा हजार रुपैयाँ दरका ४९ वटा र ५ सय दरको थप ५६ वटा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

डेराबाट नोटमा प्रयोग गरिने ‘सेक्युरिटी थ्रेड’ बनाउन प्रयोग हुने कच्चा पदार्थ र प्रिन्टर बरामद गरिएको महानगरीय प्रहरीले जनाएको छ ।