Friday, February 7News That Matters

नक्कली नोट सहित एक युवा पक्राउ

जेष्ठ १८ गते ।

बाराको कोवली नगरपालिकामा नेपाली एक हजारका नक्कली नोट सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहट मौलापुर नगरपालिका–९ सोनरनिया निबासी २७ वर्षीय शिवदयाल महतोलाई १० थान नक्कली नोट सहित विहिबार प्रहरीले पक्राउ गरेको हो ।

साँझ करिब ५ बजे निजगढबाट ना ९ प ५४५२ नम्बरको मोटरसाईकलमा सवार महतोलाई चेकजाँच गर्ने क्रममा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।

नक्कली नोट सहित पक्राउ गरेका महतोलाई खोटाचलन मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट म्याद थप गरि थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।