उदयपुर, कात्तिक २२ गते ।
तीन लाख बढि नगद सहित १० जना जुहाडेलाई बिहीबार उदयपुरको चौडण्डिगढी नगरपालिका ५ सुन्दरपुर सिवाइबाट प्रहरीले बिहान पक्राउ गरेको छ ।
नगद ३ लाख ४ हजार ७ सय १५ रुपैँयासहित एक काठ मिलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापामार्दा प्रहरीले जुहाडे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चौडण्डिगढी नगरपालिकाका सन्तोष मगर, होमबाहदुर राउत, सुजन अधिकारी, महेश राउत, बेलका नगरपालिकाका बिष्णु श्रेष्ठ र सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुरका बिनोदकुमार चौधरी, दिपक कार्की, आलोक राई, सन्तोष चौधरी र शंकर बस्नेतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय बेल्टारका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलले बताए ।
नगद, एक सेट कौडा र २० बुक तास र एक थान गलैचा पनि पक्राउ गरिएको पौडेलले जानकारी दिए । जुहाडेलाई इलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिइ आवश्यक कारबाही अगाडि बढाएको जनाइएको छ ।