
साउन १५ गते ।
एतिहासिक दरबार बबरमहल नभत्काईने भएको छ । सडक विभाग रहेको भवनको भवन प्रवलीकरण (रेट्रोफिट) हुने पक्का भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम खर्चने गरी भवन विभागले करिब ८६ करोडको ठेक्का लगाएर सम्झौता गरेको छ । बबरमहलको पुनर्निर्माणका काम २ वर्षमा सक्ने विभागले जनाएको छ ।
२००७ सालदेखि सडक विभाग रहदै आएको भवनको प्रवलीकरणका लागि विभागले पहल गर्दै आएको थियो । केहि नविगारी भवनलाई पुरानै अवस्थामा जोगाएर राख्न विभागले पहल गर्दै आएको थियो ।
यस भवन राणाकालमा बबरशम्शेरले निर्माण गरेको अनुमान गरिएको छ भने यस भवनमा श्री ३ चन्द्रशमशेर १९०३ लेखिएका र्इंटहारु पनि भेटिएका छन् । यस भवनलाई २०७२ साल बैशाख १२ गतेको भुकम्पले क्षती पु¥याएको थियो ।