नयाँ वर्षको अवसरमा फ्रान्समा ८ सय ७२ वटा कार जलाइयो

पूर्णपुष्टि, पुष १९
अंग्रेजी नयाँ वर्षको अवसरमा एक पटक फेरि कार जलाइएको घटना सार्वजनिक भएको छ । २०२२ को अवसरमा फ्रान्समा आयोजित कार्यक्रममा ८ सय ७४ वटा कार जलाइएको घटना सार्वजनिक भएको हो ।
फ्रान्सको गृह मन्त्रालयले यो सङ्ख्या सन् २०१९ को तुलनामा निकै कम रहेको बताएको छ । सन् २०१९ मा एक हजार तीन सय १६ वटा कार जलाइएको थियो । सङ्ख्या घट्नुमा प्रहरीको बाक्लो उपस्थितिलाई कारण मानिएको छ । सन् २०२० मा देशव्यापी लकडाउनका कारण कतै कार जलाइएको खबर सार्वजनिक भएको थिएन ।
यस पटक नयाँ वर्षको अवसरमा ९५ हजार सङ्ख्यामा प्रहरी तैनाथ गरिएको थियो । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार ३२ हजार दमकलका चालक र सुरक्षाकर्मी पनि तैनाथ गरिएको थियो ।

कैयौँ देशमा जस्तै फ्रान्समा विभिन्न कारणबाट बर्सेनि कारमा आगो लगाइन्छ, यस्तो गर्नेमा अपराध गर्ने र झुटो बीमा दाबी गर्नेहरू हुन्छन् ।
तर फ्रान्समा नयाँ वर्षको आगमनलाई चिनाउन कारमा आगो लगाउने नयाँ तरिका बनेको छ । यो प्रथा सन् १९९० को दशकमा पूर्वी फ्रान्सको स्ट्रासबर्ग नजिकको क्षेत्रमा युवाहरू (विशेषगरी न्यून आय भएका) बीच सुरु भएको थियो ।
सन् २००५ मा फ्रान्समा आवास परियोजनाबाट निराश युवाहरूले यसलाई विरोधको आवाज पनि बनाएका थिए । त्यस बेला प्रहरीले तीन हप्ताभन्दा कम अवधिमा ८ हजार ८ सय १० वटा गाडी जलाएको गणना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: