Friday, February 7News That Matters

नयाँ सिडियोको चिनजानमा विचौलीया मौलाएको चर्चा

उदयपुर, जेठ ३१ गते । 

जिल्लाको शान्ति, सुव्यवस्था र विकास निर्माणको कामलाई अगाडी बढाउन पत्रकारिता क्षेत्रको भूमिका अपरिहार्य रहेको र पत्रकारहरुको सहयोग आवश्यक पर्ने भन्दै शुक्रबार उदयपुर जिल्लाका नयाँ प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र उदयपुरका पत्रकारबीच शुक्रबार परिचय तथा भेटघाट भएको छ । परिचय तथा भेटघाट प्रजिअको कार्यकक्षमा नै भएको थियो ।

प्रजिअ खड्काले आफु जिल्लाको शान्ति सुब्यवस्था र विकासको काम अगाडि बढाउने कुरामा प्रतिबद्ध रहेको बताउदै पत्रकारहरुलाई सहयोगको आग्रह गरे । नयाँ आएको अवस्थामा समाज र परिवेशलाई राम्ररी अध्ययन गरी बुझेको वर्ग पत्रकारसंग सल्लाह, सुझाव लिन आवश्यक ठानेकाले कार्यक्रम राखिएको उनले बताए ।

विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरु परिचयात्मक कार्यक्रममा सहभागि थिए । पत्रकार महासंघ, पिलर संगठनको प्रतिनिधित्वसमेत गर्दै उपस्थित रहेका पत्रकारहरुले प्रजिअलाई जिल्लाको समग्र अवस्थाको बारेमा जानकारी दिदै सल्लाह, सुझावसमेत दिएका थिए । खासगरी उनीहरुले जिल्लाबासीको हितमा प्रभावकारी काम गर्न र सञ्चारमैत्री बन्न सुझाएका थिए । उनीहरुले जिल्लामा लागूऔषध दुब्र्यसन ठूलो समस्याको रुपमा रहेको सुझाएका थिए । त्यस्तै प्राकृतिक स्रोत साधन दोहनलाई रोक्न सक्नुपर्ने, वन क्षेत्रमा विशेष निगरानी बढाउनुपर्ने सुझाएका थिए ।

भन्सारछलीका सामान अत्याधिक भित्रने तर ठोस कारवाही नहुने अवस्था औल्याउदै विभिन्न आवरणमा विचौलीया ९दलाल० गर्नेहरुको विगविगीलाई रोक्न आग्रह गरेका थिए ।

परिचयात्मक कार्यक्रम प्रायः नयाँ प्रजिअ आएसंगै गर्ने पुरानो चलनकै रुपमा रहेको छ । सातादिन अघि कार्यालय हाजिर भएका प्रजिअ खड्काले सुरुको अवस्थामा जिल्लाको बारेमा बुझेर जनमैत्री कदम अघि बढाउने बताएका छन् ।   समाजका खराब कुराहरुलाई रोक्न पत्रकारिता जगतको साथ र सहयोग आवश्यक रहेको दोहोर्याए ।