नयाँ हतियार परिक्षणमा उत्तर कोरिया सफल

विश्वमा तहल्का मचाई रहेको उत्तर कोरियाले फेरी नयाँ प्रविधियुक्त अस्त्रको सफल परिक्षण गरेको छ ।

उत्तर कोरीयाले शक्तिशाली राष्ट्रहरुलाई चुनौती दिईरहेको बेला अर्काे नयाँ अस्त्र सफल परिक्षण गरेको त्याहाका सरकारी संञ्चारमाध्यमहरुले जनाएको हो ।

परीक्षण गरिएका नयाँ अस्त्रको बारेमा कुनै समाचार संस्थाहरुले विस्तृत विवरण उल्ले गरेको छैन । के कस्तो र भन्ने बारेमा गोप्य राखी परिक्षण सफल भन्ने समाचार सम्प्रेशन गरिएको छ ।

समाचारमा निकै लामो समयपछि अस्त्रको परीक्षण गरिएको र पछिल्लो समयको पहिलो महत्व पूर्ण परिक्षण रहेको बताईएको छ ।

उत्तर कोरियाली किम जङअन सँग जुनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ऐतिहासिक शिखर बैठकमा किमले परमाणविक निरस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाएको थियो ।

यसै हप्ता हुने भनिएको दोस्रो शिखर बैठकको मिति तोक्ने विषय हुन सकेको छैन एतिहासिक सिंगापुर शिखर बैठकले प्योङयाङ र वाशिङटन बीचको दुरी बढाएको छ ।
नयाँ अस्त्रको केहि नखुलाईएको भएपनि त्यस क्षेप्यास्त्र अखडाको सञ्जालबारे एउटा भूपउपग्रह तस्वीर सार्वजनिक भएपछि पछिल्लो समाचार आएको थियो ।

क्षेप्यास्त्र केन्द्र बन्द गर्ने सहमति जनाएको अवस्था नै होई भन्ने आरोप आईरहेको बेला नयाँ अस्त्रको बारेमा दक्षिण कोरियाले अध्ययन गरिरहेको प्रतिक्रिया दिएको छ ।

कोरीयाको एक सरकारी संञ्चारमाध्येमले किमले राष्ट्रिय प्रतिरक्षा विज्ञान प्रतिष्ठानमा उच्च प्रविधियुक्त नयाँ अस्त्र परीक्षण अवलोकलन गरी पछिल्लो परिक्षण प्रति ठूलो सन्तुष्टी मिलेको उल्लेख गरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0