Wednesday, May 27News That Matters

नवजात शिशु मृत फेला

सुनसरी, माघ १४ गते । 

सुनसरीको दुहवीमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । दुहवी नगरपालिका–१२ पुर्वी कुशाहा बाँसटोलको पैनीमा साल नाल सहितको एक नवजात शिशु मृत फेला परेको हो ।

स्त्री जातको नवजात शिशु प्लास्टिकमा पोको पारेर फालेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । शव परिक्षणको लागी कोशी अस्पताल बिराटनगर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।