Friday, February 7News That Matters

नहरमा डुबेर एक बालकको मृत्यु

सुनसरी, असार ३० गते 

सुनसरीको हरिनगरामा नहरमा डुवेर एक बालकको मृत्यु भएको छ । हरिनगरा गाउँपालिका – २ निबासी अकबल मियाको १२ वर्षीय छोरा तोसिब मियाको नहरमा डुवेर मृत्यु भएको हो ।

भुटाह–सिसुवा धरमपुर सडक खण्डमा पर्ने नहरमा आईतबार दिउँसो चिप्लिएर पानीमा डुबि घाईते भएको मियाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नहरमा डुवेका मियालाई उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगि उपचारको क्रममा दिउँसो करिब ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सनुसरीले जनाएको छ ।