पूर्णपुष्टि, चैत १६ गते ।
नागरिकहरुको तर्फबाट लकडाउनमा खटिरहेका उदयपुरका प्रहरीलाई सहयोग भएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन हातमा लाउने सेनीटाइजर नागरिकहरुको तर्फबाट सहयोग भएको हो ।
नागरिक समाजका अगुवाहरुले विभिन्न व्यक्तिहरुबाट आर्थिक संकलन गरेर खटिरहेका प्रहरीहरुका लागि जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बढामगरलाई १ सय ३० थान सेनीटाइजर प्रदान गरिएको नागरिक समाज एवम् मानवअधिकारकर्मी भरत खड्काले बताउनुभयो ।
भोली ट्राफिक, पत्रकार लगायतलाई पनि वितरण गरिने नागरिक समाज तथा महिला अधिकारकर्मी महेश्वरी राईले बताउनुभयो ।
विपन्न वर्गका रुपमा रहेका मुसहरबस्तीमा समेत कोरोना संक्रमणबाट बच्न सेनीटाइजर वितरण गरिएको अर्की नागरिक समाज तथा महिला अधिकारकर्मी सिर्जना दनुवारले बताउनुभयो ।
रातदिन खटिरहेका सुरक्षाकर्मीहरु फिल्डमा खट्नु पर्ने हुदा बढि नै सुरक्षाको उपाय अपनाउनु पर्ने हुन्छ तसर्थ धेरै भन्दा धेरै सेनिटाइजर प्रयोग गर्नु पर्ने हुन्छ । त्यसका लागि नागरिकहरुको तर्फबाट सहयोग गरिएको नागरिक समाजका अगुवाहरुले बताए ।
अहिलेको विषम अवस्थामा सबै हिसावले प्रहरीलाई सहयोग गर्नु पर्ने र समाजमा आइपर्ने समस्या समाधानमा सहयोग गर्नुपर्ने नागरिक समाजको दायित्व रहेको उनीहरुले बताएका छने ।
