Friday, February 7News That Matters

नातिनी र हजुरबुवा एउटै विद्यालयमा

जेष्ठ १९ गते । 

दार्चुलामा एक हजुरवुवा चार वर्षीया नातिनीसँगै विद्यालयमा भर्ना भएको छ । नातिनीलाई विद्यालयमा भर्ना गराउन पुगेको ६५ वर्षीय लालसिंह विष्ट आफै कक्षा एकमा भर्ना भएको होे ।

शैल्यशिखर आधारभूत विद्यालय ठुलशैनमा नातिनीलाई भर्ना गराउन पुगेका विष्टलाई एकाएक पढाई प्रति चाहाना जागेपछि उनले कक्षा एकमा भर्ना गराएको विद्यालयले जनाएको छ ।

सात जनाको परिवार भएको विष्टले पढ्ने चाहाना जागेपछि परिवारमा घरसल्लाह गरि सवैको सहमतमा कक्षा एकमा नाम लेखाएको थियो । विद्यालयमा भर्ना भएपछि विष्ट र उनका नातिनी सँगै विद्यालय जाने आउने र घरमा गृहकार्य समेत सँगै गर्ने गरेको उनको परिवारले जनाएको छ ।

विष्ट नाति नातिनी सरहको बालबालिका सँग सँगै पढ्दा एकदमै खुसी देखिन्छ । बालबालिकालाई भन्दा उमेर छिपिएकालाई पढाउन अलिक सहज हुने शिक्षक शिक्षकाले महशुस गरेको विद्यालयले जनाएको छ । विष्ट विद्यालय जान थालेपछि गाउँमा सकारात्मक सन्देश फैलन थालेको छ ।