Wednesday, June 10News That Matters

नाबालक छोराको हत्या गर्ने बावु पक्राउ

पूर्णपुष्टि, फागुन १८

बैतडीमा आफ्नै नाबालक छोरोको हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छ ।

तीन महिनाको नाबालक छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका–५ खनाडी बस्ने ४० वर्षीय राजबहादुर चन्द मंगलबार पक्राउ परेको हो ।

राजबहादुरले नाबालक छोरालाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजबहादुरले आफ्नो ७० वर्षीय बुबा मन्धिर चन्दलाई समेत कुटपिट गरेको प्रहरीले जनाएको छ । छोराको कुटाइबाट घाइते भएका बुबा मन्धिरको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । राजबहादुरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।