
भदौ ४ गते ।
नायिका जसिताले रेनशा वान्तवा राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘आइ एम ट्वान्टी वान’मा नायिकाको भूमिका निर्वाह गर्ने पक्का भएको छ । निर्माण पक्ष र नायिका जसिता गुरुङ विच लिखित सम्झौता नै भएको छ ।
‘सुरुदेखि नै जसितासँग कुरा गरेकाले मौखिक रुपमा सहमति भइसकेपनि भर्खरै मात्र लिखित सम्झौता गरेको निर्देशक राईले जनाएको छ ।
उक्त चलचित्रको नायकमा धीरज मगर पक्का भइसकेको छ । डेब्यु चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट नै चर्चामा कमाएका धिरजलाई सम्भावना बोकेका नायकको रुपमा हेरिएको छ ।
चलचित्रका लागि लण्डनबाट धीरज नेपाल आइसकेको छ भने जसिता पनि केही दिनमा नेपाल आउने निर्देशक राईले जनाएको छ । यस चलचित्रको छयांकन तिहारपछि देखि मात्र सुरु हुने जनाईएको छ ।
